Samriddhipost
२०८१ असोज ०४ गते शुक्रबार
महेन्द्रनगर
२०७८ पुष १८ गते आइतबार

कंचनपुरमा श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ लगाइँदै

कञ्चनपुरको भीमदत्तनगरपालिका–१२ ओदाली ऐरीमा श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ लगाइने भएको छ । बैजनाथ सिद्ध नाथ मन्दिर सेवा समितिले आइतबार पत्रकार सम्मेलनको आयोजना गरी माघ १ गते देखी ७ गते सम्म मन्दिरमा ज्ञान महायज्ञ सञ्चालन गरिने जनाएको हो ।

महायज्ञमा आचार्य श्रीयुत् मोतीराम पनेरु बाट मूल पाठ तथा पूजा अर्चना गरिने समितिका संयोजक देव भारतीले जानकारी दिए । सप्ताह ज्ञान महायज्ञमा अवधूत बालक बाबा श्री श्री १०८ लक्ष्मण भारतीको मुखारबिन्दुबाट प्रवचन, भजन, कीर्तन एवं देवीदेवताका झाँकी समेत प्रस्तुत हुने यज्ञ व्यवस्थापन समितिले जनाएको छ ।

माघ १ गते कलश यात्रा निकालिने छ । महायज्ञमा बिहान ५ बजेदेखि साढे ६ बजेसम्म योग साधना, ७ बजेदेखि ९ बजेसम्म पूजा अर्चना, ९ बजेदेखि श्रीमद्भागवत मूल पाठ , दिउँसो १२ बजेदेखि १ बजेसम्म विश्राम, ५ बजेसम्म सङ्गीतमय प्रवचन र ७ बजेदेखि १० बजे राती सम्म सत्सङ्ग, भजन र्कीतनको कार्यक्रम रहेको यज्ञ व्यवस्थापन समितिले जनाएको छ । माघ १ गते स्नान सहित यज्ञमा पाल्नुहुन आयोजकले सम्पूर्णमा आग्रह समेत गरेको छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>