Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०७८ पुष १८ गते आइतबार

कंचनपुरमा श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ लगाइँदै

कञ्चनपुरको भीमदत्तनगरपालिका–१२ ओदाली ऐरीमा श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ लगाइने भएको छ । बैजनाथ सिद्ध नाथ मन्दिर सेवा समितिले आइतबार पत्रकार सम्मेलनको आयोजना गरी माघ १ गते देखी ७ गते सम्म मन्दिरमा ज्ञान महायज्ञ सञ्चालन गरिने जनाएको हो ।

महायज्ञमा आचार्य श्रीयुत् मोतीराम पनेरु बाट मूल पाठ तथा पूजा अर्चना गरिने समितिका संयोजक देव भारतीले जानकारी दिए । सप्ताह ज्ञान महायज्ञमा अवधूत बालक बाबा श्री श्री १०८ लक्ष्मण भारतीको मुखारबिन्दुबाट प्रवचन, भजन, कीर्तन एवं देवीदेवताका झाँकी समेत प्रस्तुत हुने यज्ञ व्यवस्थापन समितिले जनाएको छ ।

माघ १ गते कलश यात्रा निकालिने छ । महायज्ञमा बिहान ५ बजेदेखि साढे ६ बजेसम्म योग साधना, ७ बजेदेखि ९ बजेसम्म पूजा अर्चना, ९ बजेदेखि श्रीमद्भागवत मूल पाठ , दिउँसो १२ बजेदेखि १ बजेसम्म विश्राम, ५ बजेसम्म सङ्गीतमय प्रवचन र ७ बजेदेखि १० बजे राती सम्म सत्सङ्ग, भजन र्कीतनको कार्यक्रम रहेको यज्ञ व्यवस्थापन समितिले जनाएको छ । माघ १ गते स्नान सहित यज्ञमा पाल्नुहुन आयोजकले सम्पूर्णमा आग्रह समेत गरेको छ ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>