Samriddhipost
२०८१ असोज ०४ गते शुक्रबार
महेन्द्रनगर
२०७८ पुष १९ गते सोमबार

उजुरि लिने प्रहरी माथि नै उजुरि ३ यसयसपि सहित ११ सय ४५ माथि कार्वाहि

आमसर्वसाधारण कुनै पनि घटना, दुर्घटना तथा असुरक्षाको महसुस भए गुनासो, उजुरी तथा जाहेरी लिएर जाने थलो प्रहरी कार्यालय हो । प्रहरीसमक्ष पुग्दा न्याय पाइन्छ भन्ने आस पीडित पक्षलाई हुन्छ । तर, त्यही न्यायिक निकायका रूपमा रहेको प्रहरीका कतिपय कामकाज चित्त नबुझेर वा भनौं प्रहरीका क्रियाकलापविरुद्ध पनि उजुरी पर्ने गरेको पाइएको छ ।
प्रहरी प्रधान कार्यालयले तयार गरेको गत साउनदेखि मंसिरसम्मको पाँच महिनाको तथ्यांकले नेपाल प्रहरीमा कार्यरत प्रहरी कर्मचारीविरुद्ध ३ सय ६७ उजुरी दर्ता भएको देखाएको हो । साउनदेखि मंसिरसम्म पाँच महिनाको अवधिमा प्रहरी कर्मचारीको कार्यसम्पादनमा प्रश्न उठाउँदै ३ सय ६७ उजुरी विभिन्न निकायमा दर्ता भएको हो । सरी आएका उजुरी अनलाइन प्रणाली, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, गृह मन्त्रालय, प्रहरी महानिरीक्षकको सचिवालय तथा हेलो सरकारमार्फत परेको प्रहरी प्रवक्ता एसएसपी वसन्त कुँवरले जानकारी दिए ।
उनका अनुसार अनलाइनमार्फत ४०, अख्तियारमार्फत ३९, अन्य तरिकामार्फत २, गृह मन्त्रालयमार्फत ३६, पत्रपत्रिकामार्फत ३, प्रहरी महानिरीक्षकको सचिवालयमार्फत ९१ तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय (हेलो सरकार)मार्फत १ सय ५६ उजुरी प्रहरी कर्मचारीविरुद्ध परेको हो । यो समाचार नागरिक दैनिकमा छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>