Samriddhipost
२०८३ साउन २५ गते सोमबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० चैत १५ गते बिहिबार

आज देखि सुरु भएकाे विद्यालय शिक्षा परीक्षा (एसईई)मा सुदूरपश्चिम प्रदेशका ५५ हजार १० विद्यार्थी सहभागी हुने भएका छन् । सुदूरपश्चिम प्रदेश शिक्षा विकास निर्देशनालय, राजपुर डोटीले दिएको जानकारीअनुसार २७ हजार २४४ छात्र र २७ हजार ७६६ छात्रा एसईईमा सहभागी हुनेछन् ।
साधारण शिक्षातर्फ ५० हजार ८२४ र प्रविधिकतर्फ एक हजार ८४३ जना नियमिततर्फमा विद्यार्थीहरु सहभागि हुने निर्देशनालयका निर्देशक दुर्गादत्त बिष्टले जानकारी दिए । यस्तै ग्रेड वृद्धिका लागि दुई हजार ३४३ विद्यार्थी सहभागि हुनेछन् ।
निर्देशक बिष्टका अनुसार प्रदेशका नौ जिल्लाका दुई सय ११ परीक्षा केन्द्रमा परीक्षा सञ्चालन हुनेछ । परीक्षाका लागि दुई सय ११ केन्द्राध्यक्ष, तीन सय ७४ सहायक केन्द्राध्यक्ष तोकिएका छन् ।
दुई हजार ७४३ निरीक्षक, ५५५ सहायक कर्मचारी र एक हजार ९५ विद्यालय सहयोगी खटिनेछन् । निर्देशक बिष्टका अनुसार एक परीक्षा केन्द्रमा १५ जना खटिने गरी तीन हजार १६३ जना प्रहरी परिचालन हुनेछन् ।



प्रतिक्रिया

घर / जग्गासबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>