Samriddhipost
२०८१ असोज ०४ गते शुक्रबार
दार्चुला
२०७८ पुष १९ गते सोमबार

मालिकार्जुनमा शाेक प्रस्ताव पारित कारयपालिका मंगलबार सम्म स्थगित

मालिकार्जुन गाउँपालिकाको ९८ औं कार्यपालिका बैठकले मलिकार्जुन गाउँपालिका कार्यपालिकाका सदस्य एंव न्यायिक समितिका सदस्य कुशराम ओडको यहि पुस २ गते भएको असमायिक निधन प्रति गहरो दुख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ । मालिकार्जुन गाउपालिकाका अध्यक्ष नरेन्द्र सिंह धामीको अध्यक्षतामा सञ्चालन भएको ९८ औं बैठकमा गाउँपालिकाका उपाध्यक्ष पुष्पा अवस्थी, वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, मालिकार्जुन गाउँपालिका अन्तरगतका विषयगत शाखाका कर्मचारीहरुको उपस्थितिमा स्व. ओडको फोटोमा मल्यार्पण गर्दे श्रदाञ्जली अर्पण गरिएको हो ।

कार्यक्रममा मालिकार्जुन गाउँपालिका वडा नम्बर ८ का वडा अध्यक्ष पदम राज पन्त, मालिकार्जुन गाउँपालिका उपाध्यक्ष पुष्पा अवस्थी र मालिकार्जुन गाउँपालिका अध्यक्ष नरेन्द्र सिंह धामीले सोक मन्तव्य राख्दै मृतक ओडको निधन प्रति गहिरो दुख व्यक्त गर्दै सोक सन्तप्त परिवार जनप्रति समवेदना प्रकट गरेका छन । मृतक ओड २०७४ सालको स्थानीय निर्वाचन पछि कार्यपालिका सदस्यमा मनोनित भए लगत्तै मालिकार्जुन गाउँपालिकाको न्यायिक समितिको सदस्यमा समेत मनोनित भइ काम गर्दै आउनुभएको थियो । ओड नेपाली काँग्रेस पार्टी संग आवद्ध हुनुहुन्थ्यो ।

मृतक ओडका घरमा श्रीमती र एक जना छोरी रहेका छन । आज बसेको मालिकार्जुन गाउँपालिका कार्यपालिकाको बैठक शोक प्रस्ताव पारित गरेर भोलि (मंगलबार) अर्को बैठक बस्ने गरी स्थगित भएको मालिकार्जुन गाउँपालिकामा कार्यरत कर्मचारी तथा पञ्चिकरण शाखा प्रमुख लोकेन्द्रसिह धामीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>