सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा कैलाश चौधरीले दाबी पेस गर्ने भएका छन्। केन्द्रमा सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीको पद नागरिक उन्मुक्ति पार्टीले पाउने औपचारिक सहमति भएसँगै कैलाश चौधरीले दाबी पेस गर्ने भएका हुन।
बालुवाटरमा आइतवार बिहान बसेको केन्द्रीय नेताहरूको बैठकले सुदूरपश्चिममा नागरिक उन्मुक्ति पार्टीलाई मुख्यमन्त्री दिन औपचारिक सहमति भएको पार्टीका प्रवक्ता दामोदर पण्डितले बताए। उनले भने, ‘बैठक सकिएको छ। नागरिक उन्मुक्तिले सुदूरपश्चिमको मुख्यमन्त्रीको पद पाउने औपचारिक सहमति भएको छ। अध्यक्ष ज्यू विमानस्थल आउदै हुुनुहुन्छ। धनगढी जाने हो। कैलाश जीले मुख्यमन्त्रीमा दाबी पेस गर्नु हुन्छ।’
बैठकमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल रहेका थिए। आज सुदूरपश्चिम प्रदेशमा आज सरकार गठनका लागि दाबी पेस गर्ने अन्तिम दिन हो। आइतवार साँझ ५ बजे सम्म मुख्यमन्त्रीमा दाबी पेस गरिने नागरिक उन्मुक्ति पार्टीले बताएको छ ।
मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया