Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
झलारी
२०७८ पुष २० गते मङ्गलबार

माओवादीद्वारा एमाले प्रवेश गरेको कुरा झुटो भएको भन्दै विज्ञप्ति जारी

अरुण भट्ट -
नेकपा एमालेमा प्रवेश गरिएको भनिएका नेकपा माओवादी केन्द्रका नेता तथा कर्ताहरुले यथावत् नेकपा-माओवादी केन्द्रमै रहेको जानकारी सहित प्रेस विज्ञप्ति जारी गरेका छन् । गत आइतबार शुक्लाफाँटा नगरपालिका वार्ड नम्बर ६ मा नेकपा एमालेका सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टले पार्टी प्रवेश गराएको सञ्चारमाध्यमहरुमा खबरहरु प्रकाशन तथा प्रसारण भएको प्रति आपत्ति जनाएका छन् नेकपा माओवादी केन्द्रका सदस्यहरुले जारी विज्ञप्तिमा बिना जानकारी आफूहरूको इच्छाविपरीत जबर्जस्ती आफ्नो नाम उल्लेख गरी प्रचार-प्रसार गरेकोप्रति आपत्ति जनाएका छन् ‌। 'नेता लेखराज भट्ट माओवादी केन्द्रमै रहेको र माओवादीहरुकै कार्यक्रम भएको पनि झुक्याएर आफूहरुलाई कार्यक्रममा सहभागी गराई प्रवेश गरेको प्रचार गरेको माओवादी केन्द्रकी सदस्य कमला दमाईले बताइन् ‌।' पार्टीभित्र आफ्नो विमतिहरु रहे पनि हामी अन्तरपार्टी संघर्ष गरिरहेकै मौका छोपी नेकपा एमालेका नेता कार्यकर्ताहरुले हामीहरूको बदनाम गर्ने उद्देश्यले पार्टी प्रवेश गरेको हल्ला चलाएको माओवादी केन्द्रका पूर्वअध्यक्ष गणेश सिंह कार्कीले प्रतिक्रिया दिनुभयो ‌।' कम्युनिष्ट उस्तै उस्तै रहेको भन्दै कार्यकर्ताहरुलाई भ्रमित गरेर पूर्व माओवादी नेताहरुले हाम्रा सदस्यहरुलाई लोभ्याउने गरेको भएपनि मूल रुपमा माओवादी केन्द्र एजेण्डा र मुद्दाका रुपमा निकै फरक र जनताको पार्टी भएको कुरा आम कार्यकर्ताले राम्रोसँग बुझ्नु पर्ने, नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष नरेन्द्र चौधरीले बताउनुभयो । माओवादी केन्द्रका नगर सचीव दिपकराज भट्टले सस्तो लोकप्रियता र पार्टी नेताहरुलाई खुशी बनाउन पार्टी प्रवेशको नाटक  धेरै समय टिक्न नपाएपछि नेकपा एमालेको राजनीतिक मुकुण्डो प्रष्ट भएको बताउनुभयो ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>