Samriddhipost
२०८२ माघ १३ गते मङ्गलबार
ट्रेन्डिङ
महेन्द्रनगर
बिकास सिह महता बिकास सिह महता
२०७८ पुष २० गते मङ्गलबार

प्रधानमन्त्री कप बैतडि लाई हराउदै उपाधी कंचनपुरलाइ

प्रधानमन्त्री कप सिनियर पुरुष प्रदेश स्तरिय छनोट प्रतियोगितमा कञ्चनपुरले उपाधी जितेको छ। मंगलबार महेन्द्रनगरको कबड हलमा सम्पन्न भएको फाइनल खेलमा बैतडी लाई ३८ रनले हराउदै सुदुरपश्चिम छनोट क्रिकेट प्रतियोगितामा कञ्चनपुर च्याम्पियन बनेको हो। महेन्द्रनगरको कञ्चनपुरमा सञ्चालन भएको प्रधानमन्त्री कप सिनियर पुरुष प्रदेश स्तरिय छनोट प्रतियोगिताको फाइनलमा कञ्चनपुरले टच जित्दै पहिलो ब्याटिङ रोजेको थियो। जसमा ४० ओभरमा ७ विकेटको क्षतिमा १ सय ९५ को लक्ष्य बैतडी लाई दिएको थियो। कञ्चनपुरको तर्फबाट अनुराग सिंहले ५४ बलमा ४७ रन,हेमन्त धामिले ४५ बलमा ४२ रन,आदित्य महताले १६ बलमा ३२ रनको योगदान खेलेका थिए । बैतडीको बोलिङ्ग तर्फ जगदीश चन्दले ८ मा २९ रन दिदै ३ विकेट हात पारेका थिए ।

१ सय ९६ रनको लक्ष्य पछ्याउने क्रममा मैदान उत्रिएको बैतडीले ३०.२ ओभरमा १ सय ५७ रनमा अलआउट हुँदै ३८ रनले फाइनलमा कञ्चनपुर संग पराजित हुन पुगेको थियो। जसमा गजेन्द्र बोहराले ४० बलमा २६ रन,खडक बहादुर बोहराले १६ बलमा १७ रनको योगदान पारी खेल्दा पनि जित भने दिलाउन सकेनन् । कञ्चनपुरको बोलिङ्ग तर्फ आदित्य महताले ७ ओभरमा ३३ रन दिदै ३ विकेट, अर्जुन साउँदले ७ ओभरमा १७ रन दिदै २ विकेट, प्रकाश विष्टले ५.२ ओभरमा २४ रन दिदै २ विकेट हात पारेको स्कोरर नरेन्द्र प्रसाद भट्टले बताएका छन् । उनका अनुसार फाइनल खेलका म्यान अफ दी म्याच कञ्चनपुरका आदित्य महता घोषित भएका हुन।

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>