Samriddhipost
२०८१ असोज ०४ गते शुक्रबार
महेन्द्रनगर
२०७८ पुष २१ गते बुधबार

राष्ट्रियसभा निर्वाचनमा उमेदवारकाे खर्चसिमा ताेकियाे के के मा कति ?

निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनको खर्च सीमा तोकेको छ । आयोगले बुधबार गोरखापत्रमा राष्ट्रिय सभा सदस्य निर्वाचनमा उम्मेदवारले गर्न पाउने खर्चको सीमा सम्बन्धी सूचना सार्वजनिक गरेको हो । मंगलबार ९ राजनीतिक दलका ४३ जनाले १९ सिटका लागि उम्मेदवारी दिएका छन् ।                                           उनीहरुले सातवटै प्रदेशको निर्वाचन कार्यालय पुगेर विभिन्न दलका उम्मेदवारले उम्मेदवारी दर्ता गराएका थिए । आयोगले उनीहरुका लागि खर्चको सीमा निर्धारण गरेको हो ।                                              माघ १२ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचन प्रयोजनका लागि राष्ट्रिय सभा सदस्य निर्वाचन नियमावली, २०७६ को नियम ४६ को उपनियम (१) सँग सम्बन्धित अनुसूची–१ मा उल्लेख भए अनुसार तीन लाख पचास हजार रुपैयाँसम्म खर्च गर्नेगरी सीमा निर्धारण गरिएको जारी सूचनामा उल्लेख छ ।                                             राष्ट्रिय सभा सदस्यका उम्मेदवारले मतदाता नामावली खरिद एक हजार, सवारी साधन/घोडा सत्तरी हजार र सवारी इन्धन (घोडा प्रयोग गरिएकोमा दाना समेत) १० हजार तोकेको छ ।                                             यस्तै  प्रचार प्रसार सामग्री १४ हजार ५ सय, ढुवानी १० हजार  गोष्ठी/अन्तरक्रिया एक लाख, अन्य प्रचार–प्रसार, छापा एवं विद्युतीय माध्यम १४ हजार ५ सय कार्यालय सञ्चालन ७० हजार, प्रतिनिधि परिचालन ३० हजार र  विविध खर्च ३ हजार गरी ३ लाख ५० हजारको खर्च सीमा आयोगले ताकेको छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>