Samriddhipost
२०८१ असोज ०४ गते शुक्रबार
२०७८ पुष २२ गते बिहिबार

बालिकालाई सुईमार्फत् वयस्क बनाएर देहव्यापार

नेपालमा हराएका बालिकालाई भारत पु-याएर देहव्यापारमा लगाउने गरेको खुलेको छ । बेचबिखनमा पर्ने साना बालिकाको यौनाङ्ग र अन्य अङ्ग विकास गराई वयस्क देखाउन सुई लगाउने गरेको अनुसन्धानबाट खुलेको छ ।
विभिन्न प्रलोभनमा पारेर तथा झुक्याएर बेहोस बनाई भारतका कोठीमा बेचिएका अधिकांश बालिकालाई सुईमार्फत अङ्गहरूको विकास गराइएका अधिकांश बालिका पछि दीर्घ रोगी भई मृत्यु हुने गरेको छ । कोठीबाट उद्धार गरिएका बालिका तथा महिलाको शरीर आकर्षक देखाउन कोठी सञ्चालकले विभिन्न औषधि तथा सुई लगाउने गरेको उजुरीका क्रममा बताउने गरेका छन् ।

२०७४ साउनमा काठमाडौँको कपनबाट हराएका ११ र १३ वर्षका दुई बालिका दिदीबहिनीलाई भारत पु-याइएको थियो । चार वर्षअघि हराएका ११ वर्षकी टिना तामाङ र १३ वर्षकी रिना तामाङ (नाम परिवर्तन)लाई सुईबाट वयस्क बनाई देहव्यापारमा लगाइएको खुलेको हो । नेपाल प्रहरी अस्पतालका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक डा. आशा सिंहले ग्रोथ हर्मोन र एस्ट्रोजोन हर्मोनले महिलाको शारीरिक विकास छिटो हुने बताइन् । उनले यस्ता हर्मोनयुक्त सुई वा औषधिको गलत प्रयोग बेचबिखनमा पर्ने महिला र बालिकामा हुने गरेको पाइएको बताइन् ।

कक्षा चार र पाँचमा पढ्दै गरेका उनीहरूलाई एक महिलाले खानामा बेहोस हुने औषधि राखेर कलकत्ता पु-याएकी थिइन् । उद्धारपछि नेपाल ल्याइएकी टिनाले प्रहरीसँगको बयानमा बेहोस अवस्थामै कलकत्ता पु-याएको बताइन् । बेहोसमा सँगै भारत पुर्‍याइएकी टिनाकी १३ वर्षकी दिदी रिनाको अवस्था भने अहिले पनि अज्ञात छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>