अखिल नेपाल फुटबल संघ(एन्फा)को वार्षिक कार्यक्रम अनुसार कैलाली जिल्ला फुटबल संघको आयोजनामा संचालन भएको कैलाली जिल्ला लिग फुटबल प्रतियोगिता -२०७८ को आज सम्पन्न हुने भएको छ।
जिल्ला लिगको फाइनलमा बिजय स्पोर्ट्स क्लब र स्टार सिटि युवा क्लब उपाधीको लागि आज दिउँसो १ बजे दिउँसो धनगढी गाउँमा रहेको धनगढी युवा क्लबको खेल मैदानमा प्रतिस्पर्धात्मक खेल हुने कैलाली जिल्ला फुटबल संघका महासचिव ओम प्याकुरेल जानकारी दिनु भएको छ।
उनका अनुसार २०७८ बैशाख ०४ गते देखि सुरु भएको कैलाली जिल्ला लिग फुटबल प्रतियोगिता बैशाख ९ गते सम्म संचालन हुँदै गर्दा कोभिड-१९ कोरोना भाइरस महामारीले गर्दा नेपाल सरकारले लगाएको लकडाउनले गर्दा स्थगित हुन पुगेको थियो ।
उक्त प्रतियोगिता लाई निरन्तरता दिदै पौष १० गते देखि संचालन भएको लिग फुटबल आज पौष २४ गते समापन हुन लागेको छ।
समापन समारोह सम्म प्रतियोगितालाई समापन समारोह सम्म पुर्याउनुहुने खेलकुद फुटबल प्रेमी शुभचिन्तक, क्लब , प्राविधिक टिम, पत्रकार लगायत सम्पुर्ण लाई आयोजक कैलाली जिल्ला फुटबल संघको तर्फ बाट आभार ब्यक्त समेत गर्नु भएको छ। साथै समापन कार्यक्रममा उपस्थितिका लागि सादर अनुरोध समेत गर्नु भएको छ।
मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया