बिजयसाल विभिन्न राेगमा लाभकारि मानिदै आएकाे बिरुवा हाे। याे बिरुवा देशभरिमै कंचनपुरमा प्राकृतिक रुपमा पाइने गरेकाे छ । कंचनपुर समेत सुदुरपश्चिका अधिकाँस ठाउमा यसबाट भाडाकुडा उत्पादन गरि ती भाडामा पानी राखेर खाने तथा दूध,दहि राख्ने तथा महि बनाउने परम्परागत चलन नै हाे ।
अहिले कंचनपुरमा यस्का भाडाकुडा उत्पादन गरि देशका विभिन्न भाग तथा बिदेशमा समेत निर्यात गरिराखेकाे अवस्था छ ।सरकारले बि.स. २०७५ सालमा कार्य याेजना बनाई जडिबुटि संरक्षण कार्यक्रम अन्तर्गत कंचनपुरमा बिजयसाल संरक्षण कार्यक्रम सुरु भएकाे हाे । याे भन्दा पहिला २०७१ सालबाटै कंचनपुर डिभिजन वन कार्यालयले बिजयसालका बारे धेरथाेर काम सुरु गरिसकेकाे थियाे ।
कंचनपुर जिल्लाका विभिन्न बार्ह सामुदायिक वनमा प्राकृतिक रुपमा उपलब्ध बिजयसाल, जिल्लाकाे भिमदत्त नगरपालिका वडा - ९ मा रहेकाे बैजनाथ सामुदायिक वनमा सबैभन्दा बढि प्राकृतिक बिजयसाल रहेकाे बताउदै बन अधिकृत अम्मर सिह धामीले संरक्षणका लागि विभिन्न पहल तथा कार्यक्रम भैरहेकाे बताएका छन ।
बिजय सालका रुखकाे अध्ययन गर्दै वन अधिकृत धामी
अधिकृत धामीका अनुसार वनमा सबै उमेर समुहका विजयसाल रहेकाे बताए उनले भने वनमा भर्खर उम्रेका, केही ठुला, वयस्क र बृद्ध उमेरका बिजयसाल छन । चार सय बढि ठुला रुखहरुमा नापजाँच गरि नम्बरिङ्ग गरेकाे, उक्त रुखहरुमा कति स्याउला काटिए कति हाङ्गा काटिए त्यस्काे अध्ययन गरि स्थानिय संरक्षणकर्मि र उपभोक्ता लाई बताउन काम गरिरहेकाे बताएका छन ।
याे संगै घना बिजयसाल रहेकाे ठाउँमा नमुना १ हेक्टरकाे प्लट बनाई, तारबार गर्ने, र्हाेर्डिङ बाेर्ड लगाउने, मिचाहा झारपात लगायत सरसफाइ र रुख, बाेट बिरुवा ट्यागिङ्ग गर्ने लगायत काम गर्ने तयारि रहेकाे बताए । यश पछाडि बाेटहरुकाे हरेक बर्षकाे बृर्धिदर पत्ता लागाउने, बीउ बगैँच तयार गर्ने, अहिले सम्म भारतकाे देहरादुन बाट बीउ ल्याउने र बाेट तयार गर्ने गरिएकाेमा त्यहाँ यहाकाे बिउकाे अंकुरण दर पत्ता लगाउने र यहिबाट बीउ र बिरुवा उत्पादन गर्ने काम गर्ने प्लान रहेकाे बताए । देशमै प्रमुख रुपमा बिजयसाल कंचनपुरमा पाईने भएका कारण यस्काे अध्ययन अनुसन्धानकाे केन्द्र समेत बिकास गर्न सकिने अधिकृत धामिले बताएका छन ।
वन उपभोक्ता समूहका अध्यक्ष प्रजापति नाथले बनमा करिव दस हजार बढि सानाठूला बिजयसालकाे बाेट भएकाे अनुमान रहेकाे बताउदै संरक्षणका लागि डिभिजन वन संगकाे सहकार्य र सहयाेगमा विभिन्न कार्यक्रम भईरहेकाे बताएका छन । मुख्य गरि घाँस दाउरा लगायत विभिन्न प्रयाेजनका लागि बाेट बिरुवा, हाङ्गा तथा स्याउला काटिने चाेरि तस्करि हुने समस्या बाट बच्न स्थानिय लाई घाँस र दाउरा चाडाे बन्ने, थप पाैष्टिक घाँस समेत रहेकाे ईपिल ईपिलका बाेट तयार गरि स्थानियलाई बाड्ने कार्यक्रम राखेकाे, स्थानिय समेतकाे सहभागितामा जनचेतनाामूलक कार्यक्रम गर्ने गरेकाे र बाेट बिरुवा संरक्षणका लागि मिचाहा झाडि समेत सफाई गर्ने बताएका छन ।
यसरी वनकाे संरक्षण हुदा वनहरुकाे दिगाे आम्दानी समेत हुने हुदा बन संरक्षणले पर्यावरण संगै स्थानियकाे आर्थिक अवस्था समेत सुधार हुने देखिन्छ ।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया