Samriddhipost
२०८१ असोज ०४ गते शुक्रबार
महेन्द्रनगर
२०७८ पुष २४ गते शनिबार

हरिहर स्नान घाटमा मकर मेला हुने, जगत गुरुले गरे ध्वजारेाहण

कञ्चनपुरको भिमदत्त नगरपालिका स्थित महाकाली नदिमा मकर सक्रान्तीको अवसरमा उत्तरायिणि स्नान मेला तथा मकर मेला आरम्भ हुने भएको छ ।

माघे सक्रान्तीको अवसरमा बैजनाथ सिद्धनाथ मन्दिर सेवा समिति कञ्चनपुरको आयोजनामा महाकाली नदि तटमा स्थापित हरिहर स्नान घाटमा मकर स्नान मेला संगै श्रीमद भागवत सप्ताह ज्ञान महायज्ञ आयोजना हुने भएको हो ।

समितिले नेपालका प्रथम ऐतिहासिक जगद्गुरु बालसन्त मोहन शरण देवाचार्यमहाराज लगायत मानसखण्ड अभियन्ता हरको लामो अनुसन्धान र खेज पश्चात नेपालका विभिन्न नदिहरुको पौराणिक महत्व बर्णन गरे अनुसार पवित्र मानसरोवर वाट उत्पत्ती भएका सुदुरपश्चिमका का विभिन्न नदिनाला मध्ये महाकाली नदिमा स्नान गरेका ठुलो पुण्य मिल्ने हुदा यस वर्ष देखि मकर स्नान हनेु भएको हो ।

महाकाली नदि तटमै रहेको बैजनाथ सिद्धनाथ मन्दिर क्षेत्रको करिव एक किलोमिटर महाकाली नदि क्षेत्रलाई हरिहर स्नान घाटको नाम दिई सो क्षेत्रमा हरेक धार्मिक स्नानका लागी उपयुक्त हुने भन्दै जगद गुरु मोहन शरण देवाचार्यले पौष २० गते महाकाली नदि विचमा धर्म– ध्वजारोहण समेत गर्नुभएको छ ।

महाकाली नदिमा ध्वजारोहनण संगै जगदगुरुले महाकाली नदिमा स्नान गरे पश्चात गर्दा भारतका ठुला तिर्थहरुमा रहेका नदिमा स्नान गरे जत्तिकै फल प्राप्त हुने र महाकाली नदि नाघेर अन्य नदिहरुमा स्नान गर्न जादा पौराणिक कथन अनुसार धार्मीक पुण्य प्रापत गर्न नसकिने वताउनुभएको छ ।

भगवती मानसी देवीको लिलाधाम क्षेत्र मानसरोवर र लिपि पर्वतवाट प्रकट गरेकी महाकाली शारदा गंगा का नामले परिचित माहाकाली नदिमा स्नान गर्दा आत्म शुद्धि हुने र यस घाटलाई धार्मिक घाटका रुपमा चिनाउने अभिप्रया ले यसै वर्ष हरिहर स्नान घाटमा मकर स्नान मेला र भागवत महायज्ञ को आयोजनागर्न लागीएको मानसखण्ड अभियन्ता आचार्य घनश्याम लेखले वताउनुभएको छ ।

जगद् गुरुले नै यस घाटको नाम हरिहर घाट नामाकरण पश्चात यस क्षेत्रमा विभिन्न धार्मिक कमर्यक्रहरु ग्रिने र यो क्षेत्र भारत संग जोड्ने आर्थिक नाकाका रुपमा समेत पश्चिमी सिमामा निर्माणधिन ६ लेनको सडक र ४ लेनको पक्की पुल समेत छिट्टै संचालनमा आउने भएपछि यस क्षेत्रको धार्मिक –पर्यटनको समेत विकास हुने स्थानिय शिक्षक लोकराज पन्त बताउछन ।

माघ १ गते मकर स्नान पश्चात माघ ७ गते सम्म आचार्य श्रीयुत मोतिराम पनेरु र वालक वाबा श्री १०८ लक्ष्मण भारतीले श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञमा प्रवचन गर्नु हुनेछ भने भजनकिर्तन देवी देवताका झा“की का साथै अन्य धार्मिक अनुष्ठान समेत गरीने छन ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>