Samriddhipost
२०८१ असोज ०४ गते शुक्रबार
दार्चुला
२०७८ पुष २४ गते शनिबार

अपि हिमालमा क्षमता अभिबृद्दि तालिम सम्पन्न

दार्चुलाको अपिहिमाल गाउँपालिकामा बालबिकास सहजकर्ताहरुलाई दुई दिने क्षमता विकास सम्बन्धि तालिम दिइएको छ । शुक्रबारदेखि सुरु भएको तालिम आज सम्पन्न भएको हो ।

तालिममा शिक्षण सम्बन्धी आधारभुत कुराहरुबारे प्रशिक्षित गरिएको अपिहिमाल गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखामा कार्यरत प्राविधिक सहायक मदनराज जोशीले जानकारी दिनुभयो । यो अलि चाडै गर्नुपर्ने र अनिवार्य थियो उहाँले भन्नुभयो, केही ढिलो भएपनी बालबिकास सहजकर्ताहरुका लागि आयोजित तालिम प्रभावकारी भएको छ । अब छिट्टै शिक्षक र पालिका स्तरका शिक्षकहरुलाई समेत तालिमको व्यवस्था हुनुपर्ने उहाँले बताउनुभयो । संघीयतापछि शिक्षकहरुलाई तालिकको व्यवस्था नहुदा परिवर्तित पाठ्यक्रम अनुसार शिक्षण गर्न कठिन भइरहेको छ ।

अपिहिमाल गाउँपालिकामा बालबिकास सहजकर्ताहरुलाई दुई दिने क्षमता विकास सम्बन्धि तालिमको अध्यक्षता शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख विरेन्द्र सिह साउदको रहेको थियो । गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत लक्ष्मण सिह धामीको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रमको सञ्चालन प्राविधिक सहायक मदन राज जोशीले गर्नुभएको थियो । शिक्षा शाखामा कार्यरत कर्मचारी करविर सिह बोहराले स्वागत मन्तव्य राखेको उक्त तालिममा शिक्षा अधिकृत विरेन्द्र सिह साउद र प्राविधिक सहायक मदन राज जोशीले प्रशिक्षण गर्नुभएको थियो ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>