Samriddhipost
२०८३ असोज ०९ गते शुक्रबार
ट्रेन्डिङ
दार्चुला
२०७८ पुष २४ गते शनिबार

अपि हिमालमा क्षमता अभिबृद्दि तालिम सम्पन्न

दार्चुलाको अपिहिमाल गाउँपालिकामा बालबिकास सहजकर्ताहरुलाई दुई दिने क्षमता विकास सम्बन्धि तालिम दिइएको छ । शुक्रबारदेखि सुरु भएको तालिम आज सम्पन्न भएको हो ।

तालिममा शिक्षण सम्बन्धी आधारभुत कुराहरुबारे प्रशिक्षित गरिएको अपिहिमाल गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखामा कार्यरत प्राविधिक सहायक मदनराज जोशीले जानकारी दिनुभयो । यो अलि चाडै गर्नुपर्ने र अनिवार्य थियो उहाँले भन्नुभयो, केही ढिलो भएपनी बालबिकास सहजकर्ताहरुका लागि आयोजित तालिम प्रभावकारी भएको छ । अब छिट्टै शिक्षक र पालिका स्तरका शिक्षकहरुलाई समेत तालिमको व्यवस्था हुनुपर्ने उहाँले बताउनुभयो । संघीयतापछि शिक्षकहरुलाई तालिकको व्यवस्था नहुदा परिवर्तित पाठ्यक्रम अनुसार शिक्षण गर्न कठिन भइरहेको छ ।

अपिहिमाल गाउँपालिकामा बालबिकास सहजकर्ताहरुलाई दुई दिने क्षमता विकास सम्बन्धि तालिमको अध्यक्षता शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख विरेन्द्र सिह साउदको रहेको थियो । गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत लक्ष्मण सिह धामीको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रमको सञ्चालन प्राविधिक सहायक मदन राज जोशीले गर्नुभएको थियो । शिक्षा शाखामा कार्यरत कर्मचारी करविर सिह बोहराले स्वागत मन्तव्य राखेको उक्त तालिममा शिक्षा अधिकृत विरेन्द्र सिह साउद र प्राविधिक सहायक मदन राज जोशीले प्रशिक्षण गर्नुभएको थियो ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>