Samriddhipost
२०८१ असोज ०४ गते शुक्रबार
दार्चुला
२०७८ पुष २४ गते शनिबार

महाकालि नगरपालिमा माघ ४ सम्म शिक्षण संस्था बन्द

दार्चुलाको महाकाली नगरपालिका भित्रका विद्यालय माघ ४ गतेसम्मका लागि बन्द भएका छन् । आइतबारदेखि १० दिनसम्म पठनपाठन बन्द हुने नगरपालिकाले जनाएको छ। नगरपालिका भित्रका विद्यालयहरुले शुक्रबार (हिजो) नै विद्यार्थीहरुलाई माघ ४ गतेसम्मका लागि विद्यालय विदा भइसकेको जानकारी गराएका छन् ।

बढ्दो चिसोले विद्यालय आउने बालबालिकाहरुको स्वास्थ्यमा समस्या निम्त्याउने हुँदा नगरभित्रका सबै सामुदायिक र संस्थागत विद्यालयलाई पठनपाठन बन्द गर्न आग्रह गरिएको निमित्त प्रमुख प्रशासकिय अधिकृत नरसिह बडालले जानकारी दिनुभयो । हाल नगरपालिकाभित्र ९ वटा संस्थागत र ४८ वटा सामुदायिक विद्यालय रहेका शिक्षा युवा तथा खेलकुद शाखाले जनाएको छ।

दार्चुला बहुमुखी क्याम्पस दार्चुलाले भने सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय कार्यालयको निर्णय अनुसार यसअघि नै हिउँदे विदा दिइसकेको छ । पुस १५ गतेदेखि माघ ४ गतेसम्मका लागि क्याम्पसमा पठनपाठन बन्द गरिएको क्याम्पस प्रमुख कृष्णसिंह साउदले जानकारी दिनुभयो । विदाको दिन बाहेक विहान १० बजेदेखि दिउँसो ४ बजेसम्म क्याम्पस प्रशासन भने सञ्चालनमा रहेको क्याम्पस प्रमुख साउदले बताउनुभयो ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>