Samriddhipost
२०८१ असोज ११ गते शुक्रबार
महेन्द्रनगर
२०८१ असार २३ गते आइतबार

महाकाली नदि डेन्जरकाे लेवल नजिक दाेधारामा पानी खेतवारीमा पस्यो, बिहानै देखि मेयर लिम्बु कुतियाकवर बस्तीमा

महाकाली नदीमा आएको बाढी कुतियाकवर बस्तीको घर नजिक खेतवारीमा पसेको छ् । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका– १० कुतियाकवर बस्तीमा महाकाली नदीमा आएको बाढी घर नजिक खेतवारीमा पसेको दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बुले जानकारी दिनुभएको छ् । दुई दिन देखि आएको अविरल वर्षा संगै महाकाली नदीमा आएको बाढी बस्ती नजिक खेतवारीमा पसेको नगर प्रमुख किशोर कुमार लिम्बुले बताउनुभएको छ् । हिजै देखि दोधारा चाँदनी नगरपालिका क्षेत्रमा स्थानिय सुरक्षाकर्मी तथा खोज उद्धार टोलीलाई हाईएलर्टमा राखिएको छ् । नगर प्रमुख किशोर कुमार लिम्बु आज बिहानै देखि कुतियाकवर बस्तीमा पुगेर तटिय क्षेत्रमा बसोबास गर्ने स्थानियहरु संग भेट गर्नुभएको छ् । कुतियाकवर बस्तीको दक्षिण/पुर्व दिशामा बग्ने महाकाली नदी किसानहरुको खेतवारीमा पसेको नगर प्रमुख लिम्बुले बताउनुभएको छ् । हाल जोखिम नभएको भएपनि जोखिम बढ्ने सम्भावनाले स्थानियहरुमा सन्त्रास छाएको उहाँले बताउनुभएको छ् । घर, आंगन नजिक महाकाली नदीको पानी बग्न थालेपछि स्थानियहरुमा त्रास छाएको हो । बिगतका वर्षको भिषण वर्षा संगै महाकाली नदी र जगबुडा नदीमा आएको अकल्पनीय बाढीले ठूलो क्षति ब्यहोरेका स्थानियबासी टेक बहादुर सुनारलाई महाकाली नदी घर नजिक आउन थालेपछि फेरि चिन्ता बढेको छ् । उही पुरानै शैलीमा महाकाली नदी र जगबुडा नदी उर्लिने पो हो कि, भने चिन्ता उहाँको मनमा रहेको छ् । महाकाली नदीले खेतीयोग्य कटानी समेत गर्दै आएको हुदा कतिबेला बस्तीमा महाकाली नदी र जगबुडा नदीको भंगालो पस्ने डर ब्याप्त रहेको टेक बहादुर सुनारले बताउनुभएको छ् । नदीको बहाव तिब्र हुदै गईरहेको र नदीको पानी घरहरुमा पस्ने त्रास बढेर गएको टेक बहादुर सुनारले बताउनुभएको छ् । घर आँगन नजिक नदीको पानी पस्न थालेपछि स्थानियले आफ्नो सरसमानलाई सुरक्षित स्थानमा राख्नमै ब्यस्त देखिएका छ् । नदी नियन्त्रणको लागी भौतिक संरचना नबनेको र नदीलाई व्यवस्थित गर्न नसकिएकाले बिगतका दिनहरु जस्तै यस पटक पनि घटना दोहोरिने हो कि, भन्ने चिन्ता बढेर आएको स्थानियहरु बताउन थालेका छन् । 
महाकाली नदिकाे डडेलधुरा स्थित पारिगाउँ मापन केन्द्रमा १:०५ बजे पानिकाे सतह ६दशमलव २३ मिटर पुगेकाे छ । १२: ३५ बजे ६ दशमलम २ मिटर रहेकाे थियाे । सात मिटर पुगेमा खतराकाे अवस्था मानिन्छ भने ५.८० मिटर देखि सचेतकाे अवस्था मानिन्छ  । डडेलधुरा भन्दा माथी महाकाली खतराकाे तह भन्दा तल रहेकाे छ भने महाकाली नदि माथीकाे चार लेन पुलमा ६.०४ मिटर पानी रहेकाे छ । 

 

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>