Samriddhipost
२०८१ असोज ११ गते शुक्रबार
दाेधारा चादनी
पप्पु गुरुङ्ग पप्पु गुरुङ्ग
२०८१ असार २३ गते आइतबार

दोधारा चाँदनीको तिन बस्ती डुवानमा, बिस्तापित अम्बिका माबिको शरणमा

 लगातारको वर्षापछि महाकाली र जोगबुडा नदीमा आएको बाढी बस्तीमा पसेपछि  दोधारा चाँदनी नगरपालिका–१० को शान्ती टोल, कुतियाकवर र निशाने टोल डुवानमा परेका छन् । आज अपरान्ह पछि शान्ती टोल डुवानमा परेको दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुले जानकारी दिएका छन् । डुवान परेपछि शान्ती टोलका झण्डै ५० जना स्थानिय अम्बिका माध्यमिक बिद्यालयको शरणमा बस्न बाध्य भएका छन् । नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानिय खोज उद्धार टोलीले उनिहरुलाई उद्धार गरेको बताईएको छ् । बिस्तापितहरुलाई खान तथा बस्नको लागी दोधारा चाँदनी नगरपालिका कार्यालय, डिसीए नेपाल, नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) ले ब्यवस्था गर्न लागेको बताईएको छ् । अम्बिका माध्यमिक बिद्यालयका शिक्षक यसवन्त खड्का अनुसार झण्डै ७२ जना बाढीको कारण बिस्तापित स्थानियहरु बिद्यालयमा आश्रय लिन आएको बताएका छन् । दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुले शान्ती टोल नजिकका बस्तीमा डुवान परेपछि स्थानियहरुलाई उद्धार गरि सुरक्षित स्थानमा राखिएको बताएका छन् । दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर लिम्बुले भने, ‘सबैलाई सुरक्षित स्थानमा सार्न आग्रह गरेका छौं ।’ उनले तत्काल ज्येष्ठ नागरिक, बालबालिका, असहाय र गर्भवती महिलालाई सुरक्षित स्थानमा सारिसकेको बताए । उनिहरुलाई बस्न तथा खानाको लागी नगरपालिका कार्यालय र डिसीए नेपाल, नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) गर्ने बताएका छन् । अझै केही परिवार विस्थापित हुने अवस्थामा पुगेका छन् । बाढी बढ्दै गएका कारण केही अरु टोल विस्थापित हुन सक्ने देखिएको छ् । यस्तै कुतियाकवर बस्तीमा खेतवारीमा महाकाली नदीको पानी पसेपछि हालै निमार्ण गरिएको सेभ हाउसमा बसेको खबर प्राप्त भएको छ् । नदीमा पानीको बहाव निरन्तर बढीरहेकाले तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन दोधारा चाँदनी नगरपालिकाले आज सुचना प्रकाशित गरि सबैलाई आग्रह गरेको हो ।

 

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>