Samriddhipost
२०८१ असोज ११ गते शुक्रबार
महेन्द्रनगर
२०८१ असार २४ गते सोमबार

कंचनपुरमा बर्खासंगै आएको बाढिले ३ काे मृत्यु, २ वेपत्ता
फायल तस्बिर

कञ्चनपुरमा बाढीमा परेर तीन जनाको मृत्यु भएको छ भने दुई जना बेपत्ता भएका छन् ।
अविरल वर्षाका कारण पानी घरभित्र पस्दा कृष्णपुर नगरपालिका–१ मोतिपुरका ७ महिने बालकसहित पुनर्वास नगरपालिका–५ ‘ग’ गाउँमा रहेको रातोफाले खल्लामा डुबेर १५ वर्षीया लक्ष्मी बोगटी र १५ वर्षीया सृजना बोगटीको मृत्यु भएको हो ।
आज बिहान रातोफाले खल्लामा डुबेर लक्ष्मी र सृजना बेपत्ता भएका थिए । उनीहरुसँगै १६ वर्षीया आरती बोगटी पनि बेपत्ता भएकी थिइन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी उमेश जोशीले लक्ष्मी र सृजनाको शव फेला परेको र आरती अझै बेपत्ता रहेको बताए ।
त्यसैगरी आइतबार बेलडाँडी गाउँपालिका-३ वैवाहका २३ वर्षीय डम्बर चौधरी चौधर नदी तर्ने क्रममा बेपत्ता भएका थिए । बेपत्ताहरुको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>