Samriddhipost
२०८१ असोज ११ गते शुक्रबार
महेन्द्रनगर
पप्पु गुरुङ्ग पप्पु गुरुङ्ग
२०८१ असार २४ गते सोमबार

बाढीको बितण्डा, महाकाली नदी र जगबुडा नदीको भंगालो बस्ती पस्यो, १ सय ४५ घरधुरी बिस्तापित

लगातारको वर्षापछि महाकाली र जोगबुडा नदीमा आएको बाढी बस्तीमा पसेपछि कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा १ सय ४५ घरधुरी बिस्तापित भएका छन् । दोधारा चाँदनी नगरपालिका–६, ७, ८, ९ र १० वडाका बिभिन्न बस्तीका १ सय ४५ घरधुरीमा महाकाली नदी र जगबुडा नदीमा आएको बाढी पसेर बिस्तापित भएको ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीले जनाएको छ् । हिजो अबेर साँझबाट महाकाली नदी र जगबुडा नदीमा पानीको बहाव बढे संगै घरमा पानी पसेर स्थानियहरु घर छाड्न थालेका थिए । बिस्तापित भएकाहरु नजिकको बिद्यालय तथा आफन्तहरुको आश्रय लिएर बस्दै आएका छन् । नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानिय खोज उद्धार टोलीले उनिहरुलाई उद्धार गरेको हो । दोधारा चाँदनी नगरपालिका– १० का वडाध्यक्ष चन्द्र बहादुर सिंहले शान्ती टोल, सुर्खेती टोल, बैतिफाँटा, निशानी टोल, गुरुङ्ग टोलमा बाढी पसेर स्थानियहरु घर छाड्न बाध्य भएको बताउनुभएको छ् । उहाँका अनुसार वडा नं. १० मा झण्डै ३ सय जना बाढीको कारण बिस्तापित भई अम्बिका माध्यमिक बिद्यालयमा आश्रय लिएको बताउनुभएको छ् । अहिले सम्म के, कती क्षती भयो भन्ने बिबरण नआईसकेको दोधारा चाँदनी नगरपालिका– १० का वडाध्यक्ष चन्द्र बहादुर सिंहले बताउनुभएको छ् । महाकाली नदी र जगबुडा नदीको पानी बस्तीमा पसेपछि कुतियाकवरबासी ‘सेफ सेल्टर’ मा बस्दै आएका छन् । आएको बाढीले दोधारा चाँदनी नगरपालिकामा ठुलो धनमालको क्षती भएको आंकलन गरिएको छ् । कयौंले रातीको समयमा घर छाडेर आफ्न्तको शरणमा बस्दै आएका छन् । लगातारको वर्षा संगै महाकाली नदी र जगबुडा नदीमा आएको बाढीले बिस्तापित भएकाहरु अझै सम्म घर फकिर्ने अवस्था नरहेको स्थानियहरुले बताएका छन् । शुदुरपश्चिम प्रदेश सरकारका सदस्य बेल बहादुर राना मगरले बस्तीमा डुवान परेपछि स्थानियहरुलाई उद्धार गरि सुरक्षित स्थानमा राखिएको बताउनुभएको छ् । उहाँले दोधारा चाँदनी नगरपालिका क्षेत्रमा अझै सम्मको सबै भन्दा भिषण बाढी भएको बताउनुभएको छ् । कुतियाकवर बस्तीमा बाढी आएको आफुहरुले सधै देखेपनि यस पटक दोधारा चाँदनी नगरपालिकाको उच्च स्थानमा बाढी पसेको पहिलो पटक आफुले देखेको शुदुरपश्चिम प्रदेश सरकारका सदस्य बेल बहादुर राना मगरले बताउनुभएको छ् । अझै सम्मको सबै भन्दा ठुलो बाढी २०२८ सालमा आएको भन्दा पनि ठुलो बाढी यस पटक आएको प्रदेश सरकारका सदस्य रानाले बताउनुभयो । यस पटक दोधारा चाँदनी नगरपालिका क्षेत्र पुरै डुवानमा रहेको उहाँको भनाई रहेको छ् । बाढीले कच्ची घर भत्काउनुको साथै, कलर्भट, पक्की सडकहरु समेत भत्काईदिएको बताईएको छ् । दोधारा चाँदनी नगरपालिका क्षेत्र बाढीले ठुलो क्षती गरेसंगै दोधारा चाँदनी नगरपालिका कार्यालयको आपतकालिन बैठक बस्ने तयारी भईरहेको छ् । उद्धारमा खटिएका नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानिय स्तरमा रहेको खोज उद्धार टोली गएरातीबाट सक्रिय रहेको थियो । 

 

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>