Samriddhipost
२०८१ असोज ११ गते शुक्रबार
महेन्द्रनगर
२०८१ असार २५ गते मङ्गलबार

बिपदबाट क्षति पुगेका लाई राहत दिन एमाले सुदुरपश्चिमकाे माग

एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलले सुदूरपश्चिम प्रदेशमा विपद्बबाट क्षति पुगेकाहरूलाई तत्काल राहतको व्यवस्था गर्न सरकारसँग माग गरेको छ । 
संसदीय दलका नेता राजेन्द्रसिंह रावलले एक विज्ञप्ति जारी गर्दै सुदूरपश्चिम प्रदेशमा बाढी र पहिरो पीडितलाई तत्काल राहतको व्यवस्था गर्न माग गरेका हुन् । उनले अझै वर्षा हुन सक्ने भन्दै सचेत रहन र जोखिममा रहेका बस्तीहरूलाई सुरक्षित स्थानमा राख्न पनि आग्रह गरेका छन् ।  पछिल्लो केही दिनदेखि परेको अविरल वर्षाका कारण सुदूरपश्चिम प्रदेशको जनजीवन प्रभावित भएको थियो । तीन दिनमा  कञ्चनपुर र डडेल्धुरामा गरि पाँच जनाको ज्यान गुमाएका थिए भने दुई जना अझै बेपत्ता छन् ।  
बेपत्ताहरूको खोजीमा पनि सबै निकायले तदारुकता देखाउन उनले विज्ञप्तिमार्फत आग्रह गरेका छन् ।
‘बाढी र पहिलोबाट भएको भएको क्षतिको यकिन तथ्याङ्क संकलन गरि तत्काल उनीहरूलाई राहतको व्यवस्था गर्न सरकारसँग संसदीय दल माग गर्दछ ’ दलका नेता रावलले जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘अझै पनि झरी पर्न सक्ने हुँदा जोखिममा रहेका बस्तीहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न र विपद्मा सबैले सबैलाई साथ दिएर आफू पनि जोगिन र अरूलाई पनि जोगाउन पनि हार्दिक आह्वान गर्दछौँ । सरकारका सबै निकाय, सुरक्षा संयन्त्र लगायत सम्पूर्ण नागरिकहरू समेत सचेत रहँदै विपद्मा भएकाहरूको उद्धार र राहतका साथै बाढी पछि फैलिन सक्ने संक्रमणको रोकथामका लागि पनि उचित व्यवस्था गर्न माग गर्दछु । ’
बाढी पछि फैलिन सक्ने संक्रमणको रोकथामका लागि पनि उचित व्यवस्था गर्न उनले सरकारसँग माग गरेका छन् ।
 सोमबार पुनर्वास नगरपालिका–५ (ग) गाउँ रातोखालेको पानीका डुबेर सोही ठाउँका १५ वर्षीया लक्ष्मी बोगटी, १५ वर्षीया सृजना बोगटी र १६ वर्षीया आरती बोगटीको मृत्यु भएको छ । त्यस्तै कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ की सङ्गीता धामीका सात महिने बालकको डुबेर मृत्यु भएको छ ।  उता डडेल्धुराको पहिरामा परी परशुराम नगरपालिका–३ बुङाका ५६ वर्षीय शिक्षक नवराज पनेरुको मृत्यु भएको छ ।   कैलाली कञ्चनपुरमा दुई जना बेपत्ता भएका छन् ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>