Samriddhipost
२०८१ असोज ११ गते शुक्रबार
महेन्द्रनगर
पप्पु गुरुङ्ग पप्पु गुरुङ्ग
२०८१ असार २५ गते मङ्गलबार

मौसममा सुधार भए संगै दोधारा चाँदनीका बाढी पिडित घर फर्कदै, ७४ घरपरिवार अझै बिद्यालयमा बास

मौसममा क्रमिक सुधार भए संग कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाका बाढी पीडित घर फर्कन थालेका छन् । सोमबार अपराह्न सम्म वर्षाका संगै महाकाली नदी र जगबुडा नदीको भंगालो बस्तीमा पसेर बितण्डा मच्चाएपछि दोधारा चाँदनी नगरपालिकाका २ सय २१ घरपरिवार सुरक्षित स्थानमा सरेको दोधारा चाँदनी नगरपालिका कार्यालय विपद् व्यवस्थापन शाखाले जनाएको छ् । दोधारा चाँदनी नगरपालिका कार्यालय विपद् व्यवस्थापन शाखाका अनुसार ३ सय ५० बढी बाढी पिडित अझै बिद्यालयको आश्रय लिएर बस्दै आएका छन् ।महाकाली नदी र जगबुडा नदीको पानीको सतह घटे संगै बस्तीको अवस्था केही सामान्य भएको हुदा दोधारा चाँदनी नगरपालिका– ६, ७, ८, ९ र १० मा बसोबास गर्ने बिभिन्न बस्तीबाट बिस्तापित भएका आज बिहानबाट घर फर्किन थालेका छन् । दोधारा चाँदनीको शान्ती टोल, जर्का टोल र पटरा खल्लामा बसोबास गर्ने स्थानियहरुको घर अझै सम्म डुवानमा परेको हुदा घर फर्किने अवस्था नभएको नेकपा एमाले कञ्चनपुरका जिल्ला उप–सचिव राजिव खड्कोले बताउनुभएको छ् । उप–सचिव राजिव खड्काले बाढीको कारण सडक सञ्जाल अबरुद्ध बनाएको हुदा  तिनै तहका सरकारले सडक सञ्जाल सुचारु गर्न पहल थाल्नु पर्ने बताउनुभएको छ् । उहाँ अनुसार बाढीले नगर क्षेत्रमा लाखौं रकम बराबरको भौतिक संरचना ध्वस्त बनाएको बताउनुभएको छ् । दोधारा चाँदनी नगरपालिका क्षेत्रमा बाढीले २ सय २१ घरपरिवार बिस्तापित भई बिद्यालयहरुमा आश्रय लिएको दोधारा चाँदनी नगरपालिकाका कार्यालयको प्रारम्भिक बिबरणमा उल्लेख छ् । बाढीले नगर क्षेत्रको घरहरु साथै बाटाघाटा, झोलुङ्गे पुलमा समेत ठुलो क्षती बनाएको छ् । बाढीले घर भत्काईदिएपछि स्थानियबासीहरुलाई घर फर्किन ठुलो समस्या परेको छ् । आर्थिक अवस्था निकै दैनिय रहेका गिता गन्दर्भको बाढीले क्षती बनाएपछि आफन्तको शरणमा बस्दै आएको उहाँले बताउनुभएको छ् । अबिरल वर्षा संगै महाकाली नदी र जगबुडा नदीमा आएको बाढीले घर डुबानमा परेका पीडितहरु विद्यालय, सार्वजनिक स्थान र आफन्तको आश्रयमा पुगेका थिए । नेपाल राष्ट्रिय सामाज कल्याण संघ (एनएनएसडब्लुए) सुद्दढ परियोजनाले संकलन गरेको एक तथ्यांकमा बाढीले २ सय २१ घरपरिवार बिस्तापित भई बिद्यालयहरुमा आश्रय लिएका हुन् । घर आंगनमा नदीको भंगालो आएपछि दोधारा चाँदनीको जमुना आधारभुत बिद्यालयमा ३४ घरधुरी, जनज्योती माध्यमिक बिद्यालयमा २० घरधुरी, भानु माबिमा ३१ घरधुरी, अम्बिका माबिमा १ सय ९ घरधुरी र कुतियाकवर बस्तीमा रहेको ‘सेफ सेल्टर’ मा ४२ घरधुरी आश्रय लिएर बसेका थिए । मौसममा क्रमिक सुधार भए संग घरहरुमा पानी घटेपछि जनज्योती माध्यमिक बिद्यालयमा २० घरधुरी, जमुना आधारभुत बिद्यालयमा ३४ घरधुरी र अम्बिका माबिमा २० घरधुरी आश्रय लिएर हाल सम्म बस्दै आएका छन् । दोधारा चाँदनीको वडा नं. ३ पटरा खल्ला, वडा नं. ८ जर्का टोल र वडा नं. १० शान्ती टोलमा बाढीको पानीले हिल्याम्मे भएका हुदा घर फर्किन अवस्था नरहेको स्थानियहरुले बताएका छन् । दोधारा चाँदनी नगरपालिका कार्यालयले बाढीबाट भएको क्षतीको बिबरण संकलन कार्यलाई तदारुकताका साथ अघि बढाएको नगरपालिका कार्यालयले जनाएको छ् । 

 

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>