Samriddhipost
२०८१ असोज ११ गते शुक्रबार
महेन्द्रनगर
२०८१ असार २५ गते मङ्गलबार

भीनपा ६ जगदम्बा टोलका शाहको पक्की घर विपद्को उच्च जोखिममा

चारदिनदेखिको लगातारको भिषण बर्षाले कञ्चनपुर जिल्लाभरी वाढी, कटानको महाविपत्ती निम्त्याईरहेका बेला जिल्ला सदरमुकाम महेन्द्रनगरमा एक स्थानीय नागरिकको पक्की घर विपद्को उच्च जोखिममा रहेको छ ।

भीमदत्त नगरपालिका ६ ऐठपुर जगदम्बा टोलका मिन बहादुर शाहको पक्की घर विपद्को उच्च जोखिममा परेको हो । चुरेबाट भीनपा ३ र ६ को सीमा भएर बग्ने त्रिबेणी खोलाको कटानीले शाहको पक्की घर उच्च जोखिममा रहेको छ । 

शाहले नै निजी लगानीमा डेढ दशक अघि निर्माण गरेको पर्खाल(तटबन्ध) भत्काईदिएर घर नजिकैसम्म भत्किएको छ । ‘मैले निजी लगानीमा खोला घरतिर आउनबाट रोक्नका लागि पक्की पर्खाल निर्माण गरेको थिए, ‘उनले भने, ‘अहिले खोलामा आएको वाढीले पर्खाल भत्काईदिएको छ,दोस्रो पटक वाढी आउँदा मेरो पक्की घरै भत्काउने हामीलाई त्रास छ ।’ शाहले जेनतेन गरेर अस्थायी प्रकृतिको रोकथाम पनि आफैले गरेको बताए ।

 ‘सिङ्गैखोला पर्खाल भत्काएर मेरै घरतिर आएको छ, ‘यस विषयमा स्थानीयदेखि तीनै तहका सरकारका अंगहरुलाई जानकारी दिदा समेत वेवास्ता राखियो, अहिले समान्य भत्किएको पर्खाल भोली पुरै भत्किएर घरै जोखिममा परेर उठिबासको खतरा छ, तैपनि हाम्रा जनप्रतिनिधीलाई जनताको पीडा बारे वास्ता नै छैन ।’ पर्खाल भत्किएर शौचालयको सेप्टीट्ङमा क्षति पुगेको छ । अर्को बर्षा हुनेबेला कतै घरसम्मै कटानी हुने शाहलाई चिन्ता 
छ ।

शाहको घरसंगै अर्का स्थानीय पदम सिह महता सहितका खेतबारी उच्च जोखिममा छ । तटबन्ध निर्माणका लागि तीन तहका सरकारलाई कुनै वास्ता छैन । जब नागरिक महाविपतीमा पर्छ, तब मात्रै सरकारको होस आउने भन्दै स्थानीयले अहिलेको वाढीबाट सरकारले थुप्रै पाठ सिकेर विपद् व्यवस्थापनका लागि प्रभावकारी पहल कदमी चाल्नुपर्नेमा जोडदिएका छन ।

भीमदत्त नगरपालिका ६की कावा अध्यक्ष देवकी भट्टले खोलाबाट शाहको पर्खाल भत्किएको विषयमा पुर्ननिर्माणका लागि पहल गर्ने बताईन । उनले आफुले शाहले भत्किएको पर्खाल अनुगमन गरेर पुर्ननिर्माणका लागि पहल गर्ने बताईन । कावा अध्यक्ष भट्टले भीनपा ६को विपद्बारे पालिका, प्रदेश र संघीय सरकारले हेनुपर्ने बताईन ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>