Samriddhipost
२०८१ असोज ११ गते शुक्रबार
महेन्द्रनगर
२०८१ असार २५ गते मङ्गलबार

कंचनपुरकाे बर्षाले नेपालमा बर्षाकाे रेकर्ड ताेड्याे । नेपालमा आज सम्मकै उच्च वर्षा मापन ।
तस्बिर- सुदुरपश्चिम विश्वविद्यालय केन्द्रीय कार्यालय परिसर

नेपालमा यस पटककाे मनसुनि वर्षा जेठ २८ (जुन १०) देखि पूर्वी नेपालबाट सुरू भई अषाढ १४ गते देखि२४ गते सम्म सक्रिय भएको थियो। यसै क्रममा सुदूरपश्चिम प्रदेशकाे दक्षिण-पश्चिमी भू-भाग कंचनपुरमा अषाढ २३ र २४ गते अति भारी वर्षा भएको हाे । याे वर्षा देशभरिकै उच्च भएकाे जल तथा माैसम बिज्ञान विभागकाे तथ्यांकले देखाएको हाे । 
विभागले २४ गते बिहान ०८:४५ बजे मापन गरिएको प्रारम्भिक तथ्याङ्क अनुसार २४ घण्टाको अवधिमा कञ्चनपुर जिल्लाको दोधारा वर्षा मापन केन्द्रमा ६२४.० मि.मि., हनुमान नगर वर्षा केन्द्रमा ५७३.६ मि.मि. र सुन्दरपुर वर्षा केन्द्रमा ५५५.८ मि.मि. वर्षा भएको जानकारि दिएकाे छ । यत्तिकाे वर्षा विभागले याे भन्दा पहिला रेकर्ड नै नगरेकाे बताएको छ ।
बिभागले बिक्रम सम्बत २००३ सालबाट तथ्याङ्क राखेकाे उक्त तथयाङ्क अनुसार याे वर्षा हाल सम्मकै उच्च रहेकाे बताएको छ । यस अघि २०७४/सावन २९ गते (सन् २०१७ अगष्ट १३) हेटौडा केन्द्रमा सबभन्दा धेरै ५१६.२ मि.मि. वर्षा मापन गरिएको थियो भने भू-संरक्षण विभागको तथ्याङ्क अनुसार मिति २०५० सावन ०५ गते (सन् १९९३ जुलाई २०) मकवानपुर जिल्लाको टिस्टुङ् वर्षा केन्द्रमा ५४०.० मि.मि वर्षा मापन गरिएको तथ्याङ्क विभागसंग छ ।

वायुमण्डलिय तथ्यांक, भु-उपग्रहबाट लिइएको तस्विर तथा मौसम मोडेलबाट प्राप्त मौसमको अवस्थाको प्रारम्भिक विश्लेषणबाट उक्त दिन मनसुन न्यून चापिय रेखा सरदर स्थानमा रहेको भएतापनि सुदूरपश्चिम प्रदेशका दक्षिण-पश्चिमी भू- भाग आसपासको तल्लो वायुमण्डलमा न्यूनचापिय प्रणाली (Low pressure) विकसित भएको तथा उपल्लो वायुमण्डलमा पनि पश्चिमी वायुको न्यूनचापिय रेखा (Westerly Trough) सक्रिय रही अरब सागर तथा बङ्गालको खाडी दुबैबाट आउने जलवाश्पयुक्त हावा सो स्थानमा समिश्रण (Confluence) भई अति भारी वर्षा भएको देखिएकाे विभागले बताएको छ ।
 

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>