Samriddhipost
२०८३ साउन २५ गते सोमबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ असार २६ गते बुधबार

बाढिले कंचनपुरकाे एक विद्यालयमा क्षति संचालन गर्नै समस्या

चारदिनदेखि लगातार रुपमा परिरहेको बर्षातको कारण आएको बाढीले कञ्चनपुरको बेलडाँडी स्थित वडा नं.५ इमलियामा रहेको गणेश माध्यमिक विद्यालयमा ठुलो क्षति भएको छ ।
चौधर नदीको नहरको ड्याम फुटेपछि हिजो सोमवार बेलडाँडी ५ गणेश माध्यमिक विद्यालयको ठिक अगाडी देखि बाढी गाउँमा प्रवेश गरेको छ । बाढी प्रवेश गर्दा मुखैमा रहेको गणेश माविले ठुलो क्षति बेर्होनु परेको छ । विद्यालयमा रहेका महत्पूर्ण कागजात सहित बाढीका कारण भौतिक संरचना नष्ट भएको सोही विद्यालयका प्रधानाध्यापक जनक बहादुर थापाले बताए ।
‘वाढीले विद्यालय संचालनमा समस्या आएको छ, ‘उनले ‘विद्यालयको १ करोडको हाराहारिमा नोक्सान भएको अनुमान गर्दै विद्यालयका महत्वपुर्ण कागजात नष्टभएको प्रति चिन्ता ब्यक्त गर्नु भयो । अव अगाडी कसरी बढ्ने भन्ने विषय सोच्नै नसकिएको वहाँले बताउदै तत्काल पुर्ननिर्माण नहुन्जेल सम्म पठनपाठनमा समेत समस्या हुने बताउनु भयो ।
हिजो प्रअ थापा लगायतका शिक्षकहरुले विद्यालयमा भएको क्षतिको स्थलगत अनुगमन गर्दै प्रहरीलाई बोलाएर मुचुल्का गरिने बताउनु भयो । विद्यालय पुर्ननिर्माण र संचालनका लागि स्थानीय सरकार सहितका निकायलाई अनुगमनका लागि अनुरोध गरेको बताए ।

प्रतिक्रिया

घर / जग्गासबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>