Samriddhipost
२०८१ असोज ११ गते शुक्रबार
महेन्द्रनगर
२०८१ असार २६ गते बुधबार

राहतकाे आश र डुवानकाे त्रासमा घर फर्किदै बाढि पिडितहरु

लगातार ४ दिनको वर्षासंगै आएको बाढीले विस्थापित कञ्चनपुर र कैलालीका बाढी प्रभावित स्थानीय क्रमिक रुपमा घर फर्किरहेका छन् । सबैभन्दा बढी क्षति र नोक्सान भएको कञ्चनपुरमा धेरै प्रभावित घर फर्किसकेका छन् ।
धेरैजसो साेमबार र मंगलबार विस्थापितहरू घर फर्केको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) उमेश जोशीका अनुसार अहिलेसम्म तीन हजार ४०० बढी स्थानीय घर गइसकेका छन् । तर, उनीहरुमध्ये अधिकांशको घर आंशिक र केहीको पूर्ण क्षति भएको छ ।
दोधारा चाँदनी, बेल्डाडी, भिमदत्त, बेदकाेट नगरपालिका लगायतका बस्ती डुबानमा परेपछि अन्यत्र सरेकाहरू घर फर्कने क्रम जारी रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
‘मनमा बाढीको त्रास बोकेरै भए पनि अत्यधिक मानिस घर फर्किसकेका छन् । अझै फर्किने क्रम जारी छ’, डीएसपी जोशीले भने ।
उनका अनुसार अझै पनि एक हजार ७०० बढी विस्थापित घर जान सकेका छैनन् । दोधारा चाँदनी नगरपालिकाका पीडितहरू अम्बिका माध्यमिक विद्यालयमा बसिरहेका छन् । भीमदत्त नगरपालिका- १२ ऐरीस्थित वडा कार्यालय भवन र वडा नम्बर १८ सालघारीस्थित मदन भण्डारी आधारभूत विद्यालयमा आश्रय लिइरहेका छन् । मदन भण्डारी आधारभूत विद्यालयमा १३०, वडा कार्यालयमा १०० र महेन्द्रनगर माविमा ६० जना पीडितले आश्रय लिएका छन् ।
कञ्चनपुरको भीमदत्त, दोधारा चाँदनी, पुनर्वास, वेदकोट नगरपालिकालगायतमा महाकाली,भुजेला, भासि खाेला, चौधर, बनहरा र दोदा लगायत नदीको बाढीले डुबान गरेको थियो । डुबान भएपछि विस्थापितहरूलाई उद्योग वाणिज्य संघ कञ्चनपुरले खाद्यान्न राहत उपलब्ध गराएको थियो । यसैगरी निड्स संस्थाले मेस चलाएर विस्थापितहरूलाई खाना खुवाएको छ ।
यस्तै कैलालीका बाढी प्रभावित पनि घर फर्कने क्रम सुरु भएको छ । आज केही परिवार घर फर्केको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए ।
उनले १५१ परिवार घर फर्किसकेको जानकारी दिए । उनका अनुसार अझै ८८ परिवार विस्थापित छन् । घर फर्किएकाहरूमा पनि बाढीको त्रास नरोकिएको जोशीको भनाइ छ ।
घर फर्किएकाहरूले अझै पनि राहतको आस गरिरहेका छन् । तर, सरकारी निकायबाट उनीहरुले राहत पाउन नसकेको गुनासो गरिरहेका छन् ।‘अधिकांश घर फर्किरहनु भएको छ, तर जोखिम सकियो भन्न सकिँदैन’, उनी भन्छन्, ‘त्रास लिएरै भए पनि घर फर्किरहनु भएको छ । फेरि मौसम खराब भए उहाँहरूलाई सुरक्षित स्थानमा राखिन्छ ।’
शुक्रबारदेखिको अविरल वर्षाले कैलालीको तराई क्षेत्र जलमग्न भएको थियो । घर डुबेपछि मानिसहरूले सुरक्षित भवनमा आश्रय लिएका थिए ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>