Samriddhipost
२०८१ असोज ११ गते शुक्रबार
महेन्द्रनगर
पप्पु गुरुङ्ग पप्पु गुरुङ्ग
२०८१ असार २६ गते बुधबार

महाकाली पारिकाे एक बस्ती बिस्तापितको संघारमा, बाढीले झोलुङ्गे पुलमा ठुलो क्षती, आवागमनमा समस्या

दोधारा चाँदनीको अठार नम्वर पिल्लर बस्ती बिस्तापितको संघारमा रहेको छ् । लगातार वर्षा संग जगबुडा नदीमा आएको भिषण बाढीको कारण जग्गा कटानीले कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका– १० ‘अठार नम्वर पिल्लर बस्ती’ बिस्तापितको संघारमा छ् । जगबुडा नदीले कटानी गर्दै बस्ती नजिक नदी पुग्न लागेको स्थानियबासी दिल बहादुर राना क्षेत्रीले जानकारी दिनुभएको छ् । नदीले कटानी गर्दै घर आंगनमा पुग्न लागेको दिल बहादुर राना क्षेत्रीले बताउनुभएको छ् । 
नदीको कटानी अझै पनि नरोकिएको उहाँले भनाई रहेको छ् । बाढीले अठार नम्वर पिल्लर बस्तीलाई जोड्ने झोलुङ्गे पुल समेत क्षतबिक्षत बनाएर हिड्न समेत समस्या भएको दिल बहादुर राना क्षेत्रीले बताउनुभएको छ् । जगबुडा नदीमा कटानी गर्न थालेपछि गाँउले मिलेर बाँस, रुखका स्याउलाले कटानीलाई रोक्ने प्रयास गरेको उहाँको भनाई रहेको छ् । दोधारा चाँदनी नगरपालिकाकै सबै भन्दा सानो बस्तीको नाउले चिनिने अठार नम्वर पिल्लर बस्तीमा ७ घरधुरीहरु रहेका छन् ।
 बिगतका दिनहरुमा जगबुडा नदीले कटानी गर्दै आएको कारण अधिकांश स्थानियहरु बिस्तापित भएर अन्य स्थानमा बसाई सरेका छन् । नेपाल–भारत सिमा बस्ती संग जोडिएको उक्त बस्तीमा झण्डै २ सय बिघाह उर्वरक किसानहरुको जग्गा रहेको छ् । बस्तीमा वर्षायाममा मात्रै नभई हिउदमा समेत जगबुडा नदीले किसानहरुको उर्वरक भुमी कटानी गर्दै आएको स्थानियबासी डम्मरी ओलीले बताउनुभएको छ् । बाढी आएको बेला आफुहरु रातभरी जाग्रम बसेको डम्मरी ओलीले बताउनुभएको छ् । जगबुडा नदीले अझै पनि जग्गा कटानी गर्दै आएको र बस्तीलाई जोड्ने एक मात्र झोलुङ्गे पुलमा नदीले ल्याएको ठुलो रुख फसेर क्षतीबिक्षत् बनाएको ओलीले बताउनुभएको छ् । 
नदीले झण्डै २ बिघाह क्षेत्रमा जग्गा कटानी गरेसंगै घर आंगन सम्म नदीले कटानी गर्दै आएपछि अठार नम्वर पिल्लर बस्तीका स्थानियहरुमा त्रास बढेर गएको हो । सोमबार अपराह्न सम्म वर्षाका संगै महाकाली नदी र जगबुडा नदीको भंगालो बस्तीमा पसेर दोधारा चाँदनी नगरपालिकामा रहेका घर, सडक, झोलुङ्गे पुल लगाएत भौतिक संरचनामा ठुलो क्षती भएको दोधारा चाँदनी नगरपालिका कार्यालयले जनाएको छ् । अबिरल वर्षा संग महाकाली नदी र जगबुडा नदीको भंगालो बस्तीमा पसेपछि नगर क्षेत्रमा बसोबास गर्ने २ सय २१ घरपरिवार सुरक्षित स्थानमा सरेको दोधारा चाँदनी नगरपालिका कार्यालय विपद् व्यवस्थापन शाखाले जनाएको छ् ।

 

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>