Samriddhipost
२०८१ असोज ११ गते शुक्रबार
२०८१ असार २६ गते बुधबार

ज्यानकाे बाजि राखेर गरेकाे मजदुरि मरेपछि वडा अध्यक्ष बाेहराले महेन्द्रनगर पुगेर उठाए मजदुरकाे रकम ।
तस्बिर- वडा अध्यक्ष बाेहरा निर्माण ब्यावसायीकाे कार्यालय महेन्द्रनगर पुगेर मजदुरकाे पैसाका लागि कुरा गर्दै ।

आफ्ना वडाका नागरिककाे मेहनतकाे फल मरेपछि एक वडा अध्यक्ष महेन्द्रनगर सम्म पुगेर मजदुरीकाे रकम असुली गरेका छन । 
दार्चुला जिल्लाकाे बिकट गाउँपालिका नाैगाड गाउँपालीका प्रवक्ता तथा वडा ६ का अध्यक्ष राजेन्द्र बाेहराले वडावासिकाे मजदुरि मरेपछि निर्माण ब्यावसायी लाई निरन्तर ताकेता गर्दै  बुधबार महेन्द्रनगर सम्म पुगेर रकम असुली गराए का हुन । 
एक निर्माण कम्पनीले सडक डिभिजन बैतडी बाट पुल बनाउने ठेक्का लिई स्थानिय मजदुरलाई रकम नदिई फर्किए पछि स्थानिय सहयाेगीका रुपमा काम गरेका जयभान सिह ठगुन्ना समेत स्थानियकाे २२-२५ लाख रकम गुमेकाे अवस्था थियाे २-३ बर्षयता रकम नपाए पछि स्थानिय समस्यामा परेका थिए । ठगुन्नाले कुरा गर्दै भने ठेकेदारकाे घर रहेकाे महेन्द्रनगर सम्म पुगेर महिनाै दिन बस्दा समेत रकम प्राप्त गर्न नसकेकाे हाे अहिले वडा अध्यक्ष काे पहलमा रकम प्राप्त गरेकाे बताए ।

यता निर्माण ब्यावसायीले पुल बनाउदा प्राबिधिक समस्या परेेकाे र काेभिडले समस्या थपिएकाे र पुलमा डबल लागत लागेका कारण करिव चार कराेड आफ्नाे तर्फवाट लगाउनु पर्ने अवस्थामा समस्या परेर मजदुरि गरेकाे रकम तिर्न नसकेकाे र आफू जायजेथा बेचेर समेत पैसा तिर्न तयार रहेकाे अहिले याे रकम समेत वडा अध्यक्ष ज्यूले पहल गरिदिएर निकासा गराई दिनुभयाे र मजदुरका लागि तिरेकाे बताएका छन ।


यस्ताे अवस्थामा वडा अध्यक्ष बाेहराले ब्यावसायी र ठेक्का लगाउने कार्यालय संग निरन्तर फ्लाे अप गरि आज सम्म मरेकाे मजदुरि दिलाएका छन । थप रकम समेत विभिन्न सामान बिक्रि गराएर भएपनि गाउलेलाई  दिलाउन प्रयासरत रहेकाे बताएका छन । वहाले भन्नुभयाे त्यहा ज्यान जाेखिम राखेर काम गरेकाे देखेकाे हु केही मजदुरकाे हात कामै नलाग्ने अवस्था थियाे । आफ्नाे जिविका चलाउन ज्यानकाे बाजि राखेकाे रकम गुम्दा स्थानियमा कम्ता पीडा थिएन आज केही भएपनि आफनाे मन हलुका भएकाे बताएका छन ।
वहाँ संग गरिएकाे सम्वाद तलकाे भिडियाेमा क्लीक गरेर हेर्न सक्नुहुन्छ 

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>