Samriddhipost
२०८१ असोज ११ गते शुक्रबार
महेन्द्रनगर
२०८१ असार २७ गते बिहिबार

मन्त्री बिकले गरिन बाढिग्रस्त क्षेत्रकाे अनुगमन, दिर्घकालीन समस्या समाधानका लागि काम गर्ने प्रर्तिबद्धता ब्यक्त

सुदूरपश्चिम प्रदेशका शिक्षा,युवा तथा खेलकुद मन्त्री लक्ष्मी विकले बाढीबाट हुने डुबानको समस्याको दीर्घकालिन समाधानको लागि पहल गर्ने बताएकी छन् । बिहीबार कञ्चनपुरको पुनर्वास नगरपालिका–५ सिमरीमा बाढी प्रभावित क्षेत्रको अनुगमनको क्रममा उनले यस्तो बताएकी हुन् ।
उनले भनिन् ‘यस क्षेत्रमा पहिलेदेखि नै डुबानको समस्या रहँदै आएको छ । यसमा दीर्घकालिन योजना बनाएर अगाडि बढ्दा समस्या समाधान हुने हो । यसका लागि मैलै प्रदेश सरकारबाट गर्न सक्ने पहल गर्नेछु ।’ बाढीपीडितलाई क्षतिको आधारमा सहयोग गर्ने उनले बताइन् । उनले भनिन् ‘सरकार यस बिषयमा गभ्भीर छ । प्रत्येक जिल्लाबाट क्षतिको विरिण मागेका छौँ । कहाँ कति क्षति भएको छ । तथ्यांक आएपछि सरकारले के गर्न सक्छ । सक्दो सहयोग गर्न प्रदेश सरकार तयार छ ।’
सो क्षेत्रमा पर्ने केही दिन अगाडिको वर्षाका कारण दोदा नदीको बाढी गाउँमा पसेर सयौँ घरहरु डुवानमा परेका छन् । डुबानमा परेपछि अन्नपात लगायतका सामानहरु भिजेर काम नलाग्ने भएको स्थानीयले बताएका छन् । सोही क्रममा मन्त्री विकले केही दिन अगाडि बाढीमा डुबेर मृत्यु भएका सोही वडाको नयाँकटानका सिर्जना बोगटी,लक्ष्मी बोगटी र आरती बोगटीका परिवारसँग भेटघाट गरेकी छन् । उनले भेटघाटको क्रममा मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनमा समवेदना व्यक्त गरिन् । मन्त्री विकले मृतकका परिवारलाई प्रदेश सरकारले प्रतिपरिवार एक लाख दिने गरि मन्त्रीपरिषद्बाट नीति गत निर्णय भएको बताइन् ।
मृतकका आफन्तले तीनै जनाका नाममा ट्रस,प्रतिक्षालय बनाउन पहल गरिदिन मन्त्रीलाई आग्रह गरेका थिए । मन्त्री विकले त्यस विषयमा आफूले मन्त्रीपरिषद् बैठकमा कुरा उठाउनुका साथै पहल गर्ने बताइन् ।
अनुगमनका क्रममा रहेका नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य लोकेन्द्र लम्सालले बाढी डुवान बर्सेनीको समस्या भएको बताउँदै यसको स्थायी समाधान गर्न आवश्यक भएको प्रतिक्रिया दिए । उनले भने ‘बाढी डुवान यहाँको पुरानो समस्याको यसको समधानका लागि हाम्रो पार्टीको तर्फबाट पनि पहल गर्छौँ ।’ समस्या समाधानका लागि आफूले सक्दो पहलकमदी लिने उनको भनाइ थियो ।
त्यस्तै मन्त्री विकले बाढीबाट प्रभावित बेलडाँडी गाउँपालिका–५ इमलिया क्षेत्रको पनि अनुगमन गरकी छन् । सो क्षेत्रमा प्रभावित भएका घर परिवारलाई भेटघाट गरेकी छन् । बाढीपीडितका सहयोगको लागि आफूले गर्ने पहलकदमीमा कुनै कमी नरहने उनले प्रतिबद्धता व्यक्त गरिन् ।
सो ठाउँमा चौधर नदीको बाढीले सयौँ परिवार विस्थापित भएको स्थानीयले बताएका छन् । वडा नं. ५ का वडाध्यक्ष ईन्द्रबहादुर खड्काले चौधर नदीको बाढी गाउँमा पस्दा ६० परिवार अझै विस्थापित रहेको बताए । उनले भने ‘यहाँ सयौँ परिवार प्रभावित भएका छन् । ६० परिवार त विस्थापित नै भएका छन् । हामीले उहाँहरुलाई एउटा निजी विद्यालयमा राखेका छौँ । निड्स नेपालको सहयोगमा खानाको व्यवस्था गरेका छौँ ।’
गाउँमा बाढी पसेपछि धेरैले घर भित्रका सामान निकाल्न नपाउँदा सबै सामान बाढीले बगाएर लगेको स्थानीय डम्बरबहादुर शाहले बताए । उनले भने ‘एक्कासी आएको बाढीले यो क्षेत्र एकदमै प्रभावित भएको छ । धेरैका सबै घरभित्रका सामान बगाएका छन् । खाने बस्ने टुंगो छैन् । बाढीले यहाँ धेरैको विचल्ली बनाएको छ । यसमा सरकार गम्भीर हुन आवश्यक छ ।’ शाहले गुनासो गरे ।
क्षतिग्रत विद्यलयको अनुगमन
बाढीले क्षतिग्रस्त भएको बेलडाँडी गाउँपालिका–५ मा रहेको गणेश माध्यमिक विद्यालयको पनि मन्त्री विकले अनुगमन गरेकी छन् । सो विद्यालयमा पसेको बाढी विद्यालयमा रहेका सबै कार्यालयका कागजात,पुस्तकालय,आइसीटीका सामान भिजेर काम नलाग्ने भएको प्रधानाध्यापक जनकबहादुर थापाले बताए । उनले भने ‘विद्यालयको भौतिक संरचनामा पनि क्षति भएको छ । कागजपत्र त काम नलाग्ने भएका छन् । पर्खाल,मन्दिर सबै बगाएर लगेको छ । करिब डेढ करोडसम्मको क्षति भएको छ ।’ मन्त्री विकले विद्यलायको सहयोगका लागि पहल गरिने प्रतिवद्धता जनाएकी छिन् । उनले भनिन् ‘यहाँ धेरै क्षति भएको रहेछ । सबै आफैले प्रत्यक्ष हेरियो । म यसको सहयोगका लागि तयार छु ।’

 

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>