Samriddhipost
२०८१ असोज ०४ गते शुक्रबार
कैलाली
२०७८ पुष २५ गते आइतबार

सवारी साधनको आम्दानी कर्मचारीलाई लुटको स्वर्ग,आम्दानी भन्दा हजार गुणा खर्च

घनश्याम पाैडेल-  सवारी साधन भाडामा लगाएर  भएको आम्दानी भन्दा  हजार गुणा बढी ति सवारी साधनको मर्मत र ईन्धनमा खर्च गरेको सुन्दा अचम्म लाग्न सक्छ तर कैलालीको गौरीगंगा नगरपालिकामा यस्तै भएको छ । आर्थिक वर्ष २०७६/७७ मा नगरपालिकाले भाडामा लगाएका दुई वटा ट्रिपर, एक वटा रोलर, एक वटा भ्याक्हो लोडर र एक वटा ट्रयाक्टर भाडामा लगाउदा आम्दानीको हजार गुणा बढि खर्च भएको देखिएको नगरस्तरीय छानबिन समितिको प्रतिवेदनले देखाएको छ । सो आर्थिक वर्षमा एक लाख पैंचालिस हजार पाँच सय सत्तरी रुपियाँमा आम्दानी गरेका सवारी साधनको मर्मत र ईन्धनमा सोह्र लाख सत्र हजार तेइस रुपैयाँ खर्च भएको देखिएको समितिले जनाएको छ । 
छानबिन समितिका सदस्यहरूले नगरपालिकामा नगर प्रमुख भिम बहादुर देउवाको संरक्षणमा मनलाग्दी तवरले कर्मचारी बनाएका र नदि जन्य पदार्थको राजश्व संकलनको जिम्मेवार दिएकाहरुलाई लुटको स्वर्ग भएको टिप्पणी गरेका छन् । यसमा सरोकारवाला निकायले नियमन गरि अस्वभाविक आम्दानी र खर्चको आर्थिक अनियमितामा संलग्न भएकालाई कारबाहीको दायरामा ल्याउनुपर्ने नागरिक अगुवाहरुले बताएका छन् ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>