कंचनपुरमा देशभरिकै रेकर्ड ब्रेक गर्नेगरि आएको बर्षाले कञ्चनपुरको बागफाँटा गाँउबस्तीमा समेत ताण्डप मच्चाएको छ ।
भीमदत्त नगरपालिका १९बागफाँटामा वाढीले कटान, डुवानदेखि भौतिक सरचना भत्काईदिएको छ ।
उत्तरीचुरे भएर बग्ने कालीखोला, चौधर नदीले कटान, पटानदेखि डुवान गरेको भीनपा १९का वडा सदस्य भागरथी विष्ट(कुँवर)ले बताईन । वडा सदस्य कुँवरले बागफाँटा गाँउमा समेत वाढीले वितण्डा मच्चाएको बताईन । उनका अनुसार वडाध्यक्ष जग्गुराम चौधरी सहितका झण्डै १५०घरधुरी डुवानमा परेका छन ।
‘वाढीले जिल्ला सदरमुकाम महेन्द्रनगर जोड्ने पुल समेत भत्काईदिएको छ, ‘उनले भनिन, ‘स्वयम वडाध्यक्ष ज्यूकै घरदेखि सयौँ नागरिकका घर डुवानमा परेका छन, नागरिक विस्थापि भएका छन ।’
महेन्द्रनगर बजार आउने बागफाँटाको कालीखोलामा पुल समेत भत्किएपछि स्थानीयलाई बजारदेखि अन्य गाँउटोल जाने यातायात सेवा अबरुद्ध भएको छ ।
पुल भत्किएपछि बागफाँटाका लक्ष्मी, धर्मभक्त र सुक्र्रराज टोलका स्थानीय बढी मारमा परेका छन ।
विद्यार्थीलाई विद्यालय आउनदेखि स्थानीयलाई दैनिक कामकाजमा समस्या भईरहेको छ ।
स्थानीयले बागफाँटामा वाढीले ताण्डप मच्चाएर नागरिक संकटमा परेका बेला पालिका, प्रदेश, केन्द्रका कुनैपनि जनप्रतिनिधीले पीडा बुझ्न समेत नआएको दुखेसो पोखेका छन ।
उनीहरुले चुनावका बेला गाडीका लस्करका लस्कर आउने नेता कार्यकता, तीनै तहका जनप्रतिनिधी पीडा बुझ्न समेत नआएको दुखेसो पोखेका छन ।
भीनपा १९का वडाध्यक्ष जग्गुराम चौधरीले वाढीबाट आफुपनि स्वयम पीडित भएर विस्थापित भएको बताए ।
उनले घर भत्किएपछी २४असारदेखि पुरानो वडा कार्यालयमा बसेको बताए । ‘हामी वाढीबाट भएको क्षतिको विवरण संकलन गर्दैछौँ, ‘वडाध्यक्ष चौधरीले भने, ‘पीडितलाई राहत, पुर्नस्थापना, क्षतिग्रस्त संरचना पुर्निनिर्माणका लागि पालिका सहितका माथिल्ला निकायमा अनुरोध गछौँ ।’
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया