Samriddhipost
२०८१ असोज ११ गते शुक्रबार
महेन्द्रनगर
पप्पु गुरुङ्ग पप्पु गुरुङ्ग
२०८१ असार २८ गते शुक्रबार

बाढी पिडितहरुको घरमा कांग्रेस, तत्काल राहतको व्यवस्था गर्न सरकार संग माँग

अविरल वर्षाका संगै आएको बाढीबाट प्रभावित परिवारहरु संग नेपाली कांग्रेसले भेटघाट गरिरहेको छ् । गत आईतवार परेको ‘रेकर्ड ब्रेकर’ वर्षाले कञ्चनपुरमा ठुलो क्षती पुर्‍याएको छ् ।  कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाका घर, सडक, झोलुङ्गे पुल लगाएत खाद्यान्न र चौपायामा ठुलो क्षती पुर्‍याएको छ् । 
नगर क्षेत्रको वडा नं. ३, ६, ७, ८, ९ र १० वडाहरु बाढीले बढी प्रभावित बनेका छन् । बाढीले २ सय २१ घरपरिवार बिस्तापित भई बिद्यालयहरुमा आश्रय लिएर बसेका थिए । मौसम सामान्य भए संग उनिहरु घर फर्किसकेका छन् । घर फर्किसकेका भएपनि घर तथा बाटाघाटा बाढीले क्षती बनाएपछि उनिहरुको अवस्था चिन्ताजनक रहेको छ् । नेपाली काग्रेंस क्षेत्र नं. ३ (ख) प्रदेश कार्य समितिको एक टोलीले यतिबेला दोधारा चाँदनी नगरपालिका क्षेत्रमा बाढी प्रभावित परिवार संग भेटघाट र बाढी प्रभावित क्षेत्रको क्षतीको स्थलगत अनुगमन गरिरहेको छ् । दोधारा चाँदनी नगरपालिकाको सबै वडाहरुमा बाढीले ठुलो क्षती पुर्‍याएको नेपाली काग्रेंस क्षेत्र नं. ३ (ख) प्रदेश कार्य समिति सभापती पुष्कर दत्त जोशीले जानकारी दिनुभएको छ् । 
नेपाली काग्रेंसले दोधारा चाँदनी नगरपालिकामा बाढीले क्षती पुर्‍याएका स्थानहरुको स्थलगत अनुगमन गरि संकलित क्षतीको बिबरणलाई वडा, नगर मार्फत प्रदेश सभा सदस्य बेल बहादुर राना र संघिय सरकारका सदस्य रमेश दत्त लेखकलाई बुझाउने कार्यक्रम रहेको नेपाली काग्रेंस क्षेत्र नं. ३ (ख) प्रदेश कार्य समिति सभापती पुष्कर दत्त जोशीले बताउनुभएको छ् । स्थलगत अनुगमन टोलीले दोधारा चाँदनी नगरपालिकाको वडा नं. ३ पटरा खल्ला, वडा नं. ८ को सुन्दरनगर, वडा नं. १० को शान्ती टोलमा पुगेर बाढीपिडतहरुको अवस्था र भएका भौतिक संरचनाको क्षतीको बिबरण संकलन गरेको छ् । नगर क्षेत्रको सबै बाढीग्रस्त क्षेत्रमा पुगेर बाढीपिडितहरुको अवस्था तथा भौतिक संरचनाको क्षतीको बिबरण संकलन गर्ने योजना रहेको नेपाली काग्रेंस शुदुरपश्चिम प्रदेश महामन्त्री गोपाल भट्टले जानकारी दिनुभएको छ् ।
 यस्तै कञ्चनपुरको बिभिन्न स्थानमा बाढीबाट प्रभावित परिवार संग समेत भेटघाट गर्दै क्षतीको स्थलगत अनुगमन गरिएको नेपाली काग्रेंस क्षेत्र नं. ३ (ख) प्रदेश कार्य समितिले जनाएको छ् । कांग्रेस कञ्चनपुर बाढी पिडितको साथमा रहेको भन्दै बाढी पिडितहरुलाई तत्काल राहत उपलब्ध गर्न तिनै तहका सरकारलाई आग्रह गरिएको र कांग्रेस कञ्चनपुरका नेता कार्यकर्ताहरुलाई बाढी प्रभावितको खोज, उद्धार, राहत वितरण कार्यमा लाग्न निर्देशन दिईसकेको नेपाली काग्रेंसले जनाएको छ् । नेपाली कांग्रेस बाढी पिडितहरुलाई सक्दो सहयोग गर्ने समेत बताए । स्थलगत अनुगमनमा नेपाली काग्रेंस शुदुरपश्चिम प्रदेश महामन्त्री गोपाल भट्ट, नेपाली काग्रेंस क्षेत्र नं. ३ (ख) प्रदेश कार्य समिति सभापती पुष्कर दत्त जोशी, नेपाली काग्रेंस दोधारा चाँदनी नगर सभापती राजेन्द्र मल्ल, लगाएत नेता तथा कार्यकर्ताको उपस्थिती रहेको थियो । 

 

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>