Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ असार २८ गते शुक्रबार

दोधारा चाँदनीका बाढी पिडितलाई पानी शुद्धिकरण गर्ने औषधी

दोधारा चाँदनी नगरपालिकाका बाढीपिडितहरुलाई पानी शुद्धिकरण गर्ने औषधी बितरण कार्य सुरु गरिएको छ् । युनिसेफको सहयोग र निड्स नेपाल मार्फत दोधारा चाँदनी नगरपालिका कार्यालयलाई प्राप्त पानी शुद्धिकरण गर्ने औषधी बाढी पिडितहरुलाई बितरण कार्य सुरु गरिएको छ् । यस बर्ष बर्षातको शुरुवातमै भिषण बर्षा भएपछि  दोधारा चाँदनी नगरपालिका क्षेत्रका वर्षा संग महाकाली नदी र जगबुडा नदीको बाढीले ठुलो क्षती बनाएको छ् । बाढीले २ सय २१ घरपरिवार बिस्तापित भई बिद्यालयहरुमा आश्रय लिएर बसेका थिए । मौसम सामान्य भए संग उनिहरु घर फर्किसकेका छन् भने, दोधारा चाँदनी नगरपालिका–३ पटरा खल्लाका स्थानियहरु घर फर्कन सकेका छन् । उनिहरु नजिकै रहेको जमुना आधारभुत बिद्यालयमा आश्रय लिएर बस्दै आएका छन् । दोधारा चाँदनी नगरपालिका कार्यालय विपद् शाखाका शाखा प्रमुख रघुनाथ भट्टका अनुसार युनिसेफको सहयोग र निड्स नेपाल मार्फत दोधारा चाँदनी नगरपालिका कार्यालयलाई प्राप्त ४ सय बोतल पानी शुद्धिकरणको औषधी वडा कार्यालय मार्फत बाढी पिडितहरुलाई पठाईएको बताउनुभएको छ् । जमुना आधारभुत बिद्यालयमा आश्रय लिएका ४० घरपरिवारलाई पानी शुद्धिकरणको औषधी, बाल्टी र हाईजिनिक किट समेत बितरण गरेको उहाँले बताउनुभएको छ् । यस्तै जमुना आधारभुत बिद्यालयमा आश्रय लिएर बस्दै आएका ४० घरपरिवारलाई चौधरी ग्रुपले चाउचाउ र चिउरा समेत बितरण गरेको छ् । 

 

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>