Samriddhipost
२०८१ असोज ११ गते शुक्रबार
महेन्द्रनगर
२०८१ असार २९ गते शनिबार

‘रेकर्ड ब्रेक’ गर्ने गरि आएको वर्षा संग बाढीले दोधारा चाँदनीमा गरेको क्षतीको एमालेद्धारा अनुगमन

कञ्चनपुरको दोधारा चाँदनी ‘रेकर्ड ब्रेक’ गर्ने गरि आएको वर्षाले गरेको क्षती गरेको बिषयमा नेकपा एमाले दोधारा चाँदनीको एक टोलीले स्थलगत अनुगमन थालेको छ् । दोधारा चाँदनी नगरपालिकाको वडा नं. ३, ६, ७, ८, ९ र १० वडामा बाढीले बढी क्षती गरेको बस्तीहरुमा नेकपा एमाले दोधारा चाँदनीको एक टोलीले स्थलगत अनुगमन सहित स्थानियहरु संग भेट गरि बाढीले दिएको पिडाको अवस्था बुझेको छ् । अविरल वर्षाका संगै महाकाली नदी र जगबुडा नदीमा आएको बाढी बस्तीमा पसेर गरेको लाखौं धनमालको क्षतीको बिबरण संकलन गर्दै क्षतिपूर्तिको व्यवस्था गर्न र विस्थापितहरुलाई तत्काल पुनरस्थापना गर्न नेपाल सरकार संग माँग गरिएको नेकपा एमाले दोधारा चाँदनीका नगर अध्यक्ष गणेश भाटले जानकारी दिनुभएको छ् । धेरै वर्ष पछि नगर क्षेत्रमा ठुलो बाढी आएको र अधिकांश किसानहरुको अन्नवाली, भौतिक संरचनाहरुमा क्षती भएको र कतिपय जनताहरु घर फर्किन नसकेको अवस्था रहेको हुदा उनिहरुको अवस्था बुझ्न  स्थलगत अनुगमन सहित बाढीपिडितहरु संग भेट गर्ने कार्यक्रम रहेको नेकपा एमाले दोधारा चाँदनीका नगर अध्यक्ष गणेश भाटले बताउनुभएको छ् । बाढी प्रभावित जनताहरुलाई कसरी सहयोग गर्न सकिन्छ ? भन्ने विषयमा नेपाल सरकार लगाएत दातृ निकायहरु संग पहल गर्ने प्रयास भईरहेको नेकपा एमाले दोधारा चाँदनीका नगर अध्यक्ष गणेश भाटले बताउनुभएको छ् । बाढीले नगर क्षेत्रमा रहेका घर, सडक, झोलुङ्गे पुल लगाएत खाद्यान्न र चौपायामा ठुलो क्षती पुर्‍याएको छ् । नगर क्षेत्रको वडा नं. ३, ६, ७, ८, ९ र १० वडाहरु बाढीले बढी प्रभावित बनाएको छ् । बाढीले २ सय २१ घरपरिवार बिस्तापित भई बिद्यालयहरुमा आश्रय लिएर बसेका थिए । मौसम सामान्य भए संग उनिहरु घर फर्किसकेका छन् । वडा नं. ३ पटरा खल्लाका ४० घरपरिवार अझै पनि जमुना आधारभुत बिद्यालयका आश्रय लिएर बस्न बाध्य भएका छन् । अधिकांश स्थानियहरु घर फर्किसकेका भएपनि घर तथा बाटाघाटा बाढीले क्षती बनाएपछि उनिहरुको अवस्था चिन्ताजनक रहेको छ् । बाढीको कारण किसानहरुको खेती योग्य जग्गा मरुभुमी बनाए खेतवारी नष्ट गरेको नेकपा एमाले कञ्चनपुरका उप–सचिव राजिव खड्काले बताउनुभएको छ् । नेकपा एमालेले स्थानिय सरकार, प्रदेश सरकार र संघिय सरकारलाई किसानहरुको क्षतीपुर्ती तथा उनिहरुलाई बस्नको लागी उचित ब्यवस्था गर्न पहल गर्ने उप–सचिव राजिव खड्काले बताउनुभएको छ् । अनुगमनको क्रममा नेकपा एमाले दोधारा चाँदनीका ईन्चार्ज गगन खत्रीले वस्ती विकास संगै नदीको प्राकृतिक प्रवाहलाई प्रभावित गर्ने गरी निमार्ण भएका भौतिक संरचनाको कारण बस्तीमा क्षती बनाएको हो । ‘नदी किनारमा वस्ती विकास गर्नु प्राकृतिक नियमको विपरीत विषय हो । नदीको दुवै तर्फ निश्चित चौडाईका कडा काठका ठूला ठूला जंगलहरु र बेत बाँस जस्ता काँडेदार झाडीहरु हुनु आवश्यक छ् । तर, यो विषयमा कसकैको ध्यान गएको छैन् । बरु तटवर्ती क्षेत्रमा मानव बस्ती विकास गर्ने आत्मघाती शैलीमा तिव्रता आएको छ्’ नेकपा एमाले दोधारा चाँदनीका ईन्चार्ज गगन खत्रीले भने । नेकपा एमालेको बाढी प्रभावित क्षेत्रको स्थलगत अनुगमन टोलीले दोधारा चाँदनी नगरपालिकाका बिभिन्न बस्तीमा पुगेर बाढीपिडितहरु संग भेट गर्दै आएको छ् ।

नेकपा एमाले दोधारा चाँदनीले एक प्रेस बिज्ञप्ती जारी गर्दै बाढी बस्तीमा पसेर डुवान भई किसानको अन्नबाली, वस्तुभाउ, खाद्य सामाग्री वाखा, कुखुरा, वस्ने घर तथा विकासका पुर्वाधार सडक, कल्भर्टहरुमा क्षती पुगेको र क्षतिको यथार्थ विवरण संकलन गरी पीडितहरुलाई तत्काल राहत उपलब्ध गराउनका लागि र विकासका पुर्वाधार सडक, कल्भर्टहरुका पुर्ननिर्माणका लागि साथै वर्षेनी आउने बाढी र डुवानको समस्याको स्थायी समाधानका लागि सरकार संग जोडदार माग गरेको छ् । यस्तै प्राकृतिक विपद्बाट प्रभावित क्षेत्र, वस्ती, टोलमा सुरक्षित बसोबास र उद्धार कार्यमा सहयोगी संस्था, नागरिक संगठन, सुरक्षा निकाय, स्थानीय जनप्रतिनिधि, पार्टी प्रति सबैलाई हार्दिक धन्यवाद ज्ञापन गर्दै क्षतीको विवरण संकलन तथा राहत वितरण कार्यका परिचालन हुन सम्पूर्ण पार्टी पङ्क्तिलाई निर्देशन गरेको छ् । 

 

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>