Samriddhipost
२०८१ असोज ११ गते शुक्रबार
दाेधारा चादनी
२०८१ असार २९ गते शनिबार

दोधारा चाँदनीको बाढी प्रभावित बस्तीमा सर्पको बिगबिगी

दोधारा चाँदनी नगरपालिकाको बाढी प्रभावित बस्तीमा सर्प र लामखुट्टे प्रकोप बढेकाले बाढी प्रभावितहरु थप त्रसित भएका छन् । डुबान कम भएपछि घर फर्खिएका बाढी पीडितले सर्प र लामखुट्टेको कारण रातभर सुत्न नसकिएको बताएका छन् । सोमबार अपराह्न सम्म वर्षाका संगै महाकाली नदी र जगबुडा नदीको भंगालो बस्तीमा पसेर बितण्डा मच्चाएपछि दोधारा चाँदनी नगरपालिकाका २ सय २१ घरपरिवार सुरक्षित स्थानमा सरेको थियो । मौसम सामान्य भए संग बिस्तापितहरु घर फर्केका छन् भने, दोधारा चाँदनीको पटरखल्लाका ४० घरपरिवार अझै पनि नजिककैको जमुना आधारभुत बिद्यालयका आश्रय लिएर बस्दै आएका छन् । बाढीले डुबानमा परेका बस्तीहरुमा अहिले सर्प र लामखुट्टेको बिगबिगी बढेको टेक बहादुर सुनारले बताएका छन् । बाढी प्रभावित क्षेत्रमा सर्प निस्कन थालेपछि स्थानीहरु त्रसित भएका छन् । त्यस्तै लामखुट्टेको प्रकोप पनि बढेको टेक बहादुर सुनारले बताएका छन् । बाढीले विस्थापित भएकाहरुले पानी घटेपछि घर पुगे पनि सर्प र लामखुट्टेको कारण झनै आजित भएको उनिहरु बताउछन् । पानी कम भएपछि तत्काल लामखुट्टे नियन्त्रण गर्न नगरपालिका संग औषधी छर्न माँग समेत गरेका छन् । दोधारा चाँदनी नगरपालिका– १० शान्ती टोलका टिकाराम सार्कीले घरमा सर्पको संख्या दैनिक बढेको बताए । ‘बाढी गयो, सर्प र लामखुट्टे बढेको छ, नियन्त्रण गर्नुपर्ने आवश्यकता छ ।’ ‘पानी सुकेपछि घर गइयो’, शान्ती टोलका टिकाराम सार्कीले भने– ‘घरमा सर्पको बास देखिन्छ्, लामखुट्टेले सताउनु सताएको छ् ।’बेलुका भएपछि सबै सडकमा प्राय: विषालु सर्प देखिने गरेको अर्का स्थानिय राधा टमाटा बताउछन् । सर्पको कारण रातीको समयमा हिडडुल गर्न समेत समस्या भएको उनको भनाई छ् । हाल सम्म सर्पले कसैलाई नडसे पनि तत्काल नियन्त्रण गर्नुपर्ने राधा टमाटा बताउछन् । 

 

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>