Samriddhipost
२०८१ असोज ११ गते शुक्रबार
दाेधारा चादनी
२०८१ असार २९ गते शनिबार

दोधारा चाँदनीका बाढी पिडितको पिडा : घरमा भएको सबै खाद्यान्न बाढीले बगायो, अव खाने के ?

यस बर्ष बर्षातको शुरुवातमै भिषण बर्षा भएपछि कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका क्षेत्रमा वाढी डुवानले ताण्डप मच्चाएको छ् । भिषण बर्षातले वाढी, डुवान, कटान, लगाएत भौतिक सरचनामा ठुलो क्षति पुर्‍याएको छ् । बस्तीलाई जोड्ने सडकहरु बाढीले क्षती बनाएपछि आवत जावतमा प्रभाव पारेको छ् । बाढीबाट विस्थापितहरु क्रमिक रुपमा घर फर्किन थालेका छन् । बाढीले घरमा वितण्डा मच्चाएर आश्रय लिन सुरक्षित स्थान आएका वाढीपीडितलाई सुरक्षित घर फर्केर घरमा बस्ने अवस्था पनि सजिलो छैन् । वाढीले घर पुरै चुर्लुम्म डुबेपछि घरमा भएका अन्न, खाद्यान्न, लुगाफाँटो सहितका समाग्री नष्ट भएका पीडितलाई घर फर्किएर अझ समस्या भएको छ् । आश्रय स्थलबाट घर फर्किएपनि उनीहरुलाई अब दैनिक गुजारा चलाउन चिन्ता छ् । जगबुढा नदीबाट विस्थापित भएका दोधारा चाँदनी नगरपालिका– ८ सुन्दरनगरका राधा टमाटाले वाढीले घरमा भएको सबै समान नष्ट गरिदिएको बताउनुभएको छ् । राधाको घरमा वाढी पस्यो, ज्यान जोगाउन जनज्योती माबिमा रात विताए, घरको सबै अन्न भिजेर नष्ट भएपछि अब के, खाने भन्ने चिन्ता उहाँको परिवारमा छ् । आश्रय स्थलमा त, खाना दियो, घरमा दैनिक छाक कसरी टार्ने चिन्ता रहेको राधा टमाटाले बताउनुभयो । बाढीले घरमा भएको खाद्यान्न, भाडाकुडा, लत्ताकपडा बगाएर लगेपछि राधाको घरपरिवारमा बिचल्ली छाएको छ् । घरमा भएको लत्ताकपडा बगाएपछि छिमेकीबाट माँगेर कपडा लगाउनु परेको राधाले बताउनुभएको छ् । सुन्दरनगरका अर्का स्थानीय ललिता दमाईले पनि आफ्नो घरमा भएको अन्न, भाडाकुडी सबै नष्ट भएको बताउदै दैनिक गुजारा चलाउन मुस्किल परेको बताउनुभयो । घरमा भएको खाद्यान्न, लत्ताकपडा, भाडाकुडी सबै वाढीले बगाएर, भिजेर नष्ट गरेको र घर पनि भत्काईदिएको ललिता दमाईले बताउनुभएको छ् । घर बनाउने कि, अव राशन किनेर खाने पैसा नभएको उहाँको भनाई रहेको छ् । सरकारले आफुहरु जस्ता वाढीपीडितलाई राहत दिने विषयमा ध्यान दिनुपर्ने उहाँको माँग छ् । महाकाली नदी र जगबुडा नदी गाँउ पसेपछि खेती बालुवामय र घरमा भण्डारन गरिएको खाद्यान्न नष्ट भएको भन्दै बर्षभरी कसरी गुजारा चलाउने भन्ने स्थानियहरु चिन्ता छाएको छ् । बाढीपिडितहरु भोकभोकै दिन बिताउन बाध्य भएको उनिहरुले बताएका छन् । महाकाली नदी र जगबुडा नदी बस्ती पसेपछि घर छाडेर ज्यान जोगाउन सुरक्षित स्थानमा सरेका कयौं स्थानियहरुलाई घर फर्किएपनि कसरी गुजारा चलाउने चिन्ता भएको बताएका छन् । दोधारा चाँदनीका कच्ची घर भएका अधिकांश स्थानियहरुको बाढीले क्षती बनाएको छ् । दोधारा चाँदनी ‘रेकर्ड ब्रेक’ गर्ने गरि आएको वर्षाले गरेको क्षती दोधारा चाँदनी नगरपालिका कार्यालयले लगत संकलन कार्यलाई अन्तिम चरणमा पुर्‍याएको छ् । क्षतीको बिबरण संकलन सकिए लगत्तै राहत बितरण कार्यलाई अघि बढाईने दोधारा चाँदनी नगरपालिका कार्यालयले जानकारी दिएको छ् । नगर क्षेत्रको वडा नं. ३, ६, ७, ८, ९ र १० वडाहरु बाढीले बढी प्रभावित बनाएको छ् । बाढी आएको बेला २ सय २१ घरपरिवार बिस्तापित भई बिद्यालयहरुमा आश्रय लिएर बसेका थिए ।

 

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>