Samriddhipost
२०८२ माघ २९ गते बिहिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ असार २९ गते शनिबार

प्रदेशका स्वास्थ्यमन्त्री सरल औषधि लिएर पुगे बाढि पिडित बस्तिमा

सुदूरपश्चिम प्रदेशका स्वास्थ्य, महिला तथा बालबालिकामन्त्री ओम विक्रम भाट(सरल) कञ्चनपुरका वाढीपीडित बस्तीमा पुगेका छन । प्रदेशका स्वास्थ्यमन्त्री सरलले जिल्लाका पाँच पालिका वाढीपीडित बस्तीमा पुगेर औषधी हस्तान्तरण गरेका छन । 

वढी वाढी प्रभावित भएका जिल्लाका पाँच पालिकामा वाढीपीडित बस्तीमा पुगेर पालिकाहरुलाई औषधीजन्य राहत हस्तान्तरण गरेका छन । 

शनिबार स्वास्थ्य, महिला तथा बालबालिका मन्त्री ओम विक्रम भाट(सरल)का स्वकीय सचिव कैलाशचन्द्र गिरीले बेलडाँडी, बेलौरी, पुनर्वास, लालझाडी र दोधाराचाँदनीका वाढीपीडित प्रभावित बस्तीमा गएर अति आवश्यक औषधीजन्य राहत वितरण गरेको बताए । स्वकीय सचिव गिरीका अनुसार सुपानेट झुल, अति आवश्यकीय औषधी पालिकाहरुलाई हस्तान्तरण गरेका छन । 

स्वास्थ्यमन्त्री सरलले प्रदेश सरकारबाट अति वाढी प्रभावित बस्तीका नागरिकलाई तत्तकाल चाहिने औषधीजन्य पदार्थ वितरण गरिएको र भावि दिनमा समेत प्रदेश सरकारबाट थप आवश्यक औषधी वितरण गर्ने आश्वास दिएका हुन ।

प्रदेशका स्वास्थ्य सरलले वाढीप्रभावित नागरिकलाई राहत र क्षतिग्रस्थ सरचनाको पुर्ननिर्माणका लागि प्रदेश सरकारबाट आवश्यक पहल गर्ने प्रतिबद्धता जाहेर गरेका छन ।

केही दिन पहिले स्वास्थ्यमन्त्री सरलले जिल्लाका विभिन्न वाढी प्रभावित क्षेत्रको निरीक्षण गरेका थिए । औषधी बोकेर वाढीपीडित बस्तीमा पुगेपछि पीडितले प्रदेश सरकारका नै घरदैलोमा आएको बताएका छन।

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>