Samriddhipost
२०८१ असोज ११ गते शुक्रबार
महेन्द्रनगर
२०८१ असार ३० गते आइतबार

दोधारा चाँदनीको बाढी ग्रस्त बस्तीमा पुगे मन्त्री सरल, स्वास्थ्य सामग्री समेत हस्तान्तरण गरे

सुदूरपश्चिम प्रदेश सरकार स्वास्थ्य, महिला तथा बालबालिका मन्त्री ओम बिक्रम भाट (सरल) औषधी लिएर दोधारा चाँदनी नगरपालिका कार्यालयमा पुगेका छन् । दोधारा चाँदनी नगरपालिका कार्यालयमा पुगेर सुदूरपश्चिम प्रदेश सरकार स्वास्थ्य, महिला तथा बालबालिका मन्त्री ओम बिक्रम भाट (सरल) ले अतिआवश्यीक औषधी सुपानेट झुल लगाएत सामग्री दोधारा चाँदनी नगरपालिका कार्यालयका जनप्रतिनिधी, कर्मचारीलाई हस्तान्तरण गरेका छन् । बाढी गएको बस्तीमा हुनेसक्ने बिरामीहरुको लागी मन्त्री ओम बिक्रम भाट उक्त औषधी ल्याएका बताईएको छ् । बाढीपिडितहरुको लागी ल्याईएको औषधी हस्तान्तरण पछि मन्त्री ओम बिक्रम भाट (सरल) बाढी ग्रस्त क्षेत्रको स्थलगत अनुगमन समेत गरेको सामाजसेवी भिम कुमालले जानकारी दिएका छन् । मन्त्री ओम बिक्रम भाट (सरल) ले दोधारा चाँदनी नगरपालिकाको कुतियाकवर बस्ती क्षेत्र, शान्ती टोल, सुन्दरनगर र पटरा खल्लाका बाढीपिडतहरुलाई भेट संग बाढी गरेको क्षतीको स्थलगत अनुगमन गरेको सामाजसेवी भिम कुमालले बताएका छन् । मन्त्री ओम बिक्रम भाट (सरल) ले दोधारा चाँदनी नगरपालिका– ३ पटरा खल्लाबाट बाढीले बिस्तापित भई जमुना आधारभुत बिद्यालयमा बस्दै आएका ४० घरधुरीलाई समेत भेट गरि उनिहरुको अवस्थाको बारेमा जानकारी लिएका सामाजसेवी कुमालले बताएका छन् । मन्त्री भाटले बेलडाँडी, बेलौरी, पुनर्वास र लालझाँडीमा बाढी पीडितलाई सुपानेट झुल, अति आवश्यकीय औषधी वितरण गरेका छन् । बाढी पीडितलाई राहत र क्षतिग्रस्त सरचनाको पुर्ननिर्माणका लागि प्रदेश सरकारबाट आवश्यक पहल गर्ने बताए ।

 

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>