Samriddhipost
२०८२ फागुन २१ गते बिहिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ असार ३० गते आइतबार

बैवाहिक बर्षगाँठकाे दिन धामि दम्पत्तिले गरे सामुदायिक वनमा वृक्षारोपण

कञ्चनपुरको एक दम्पत्तीले बैवाहिक बर्षगाँठका दिन सामुदायिक बनमा बृक्षारोपण गरेका छन । भीमदत्त नगरपालिका ४ महेन्द्रनगरका धन सिह धामी दम्पत्तीले भिमदत्त नगरपालिका वडा न ३ मा रहेकाे श्री शहिद स्मृति सामुदायिक उपभोक्ता समुह बनमा बृक्षारोपण गरेका छन । आईतबार ३० असारमा विवाह भएको १५औँ बर्षमा प्रवेस गरेको अवसर पारेर धामी दाम्पत्तीले सामुदायिक बनको कार्यालय परिसरमा विभिन्न फलफुलका बिरुवा रोपेका छन । १४ बर्षअघि धनसिह धामी र सावित्री पाली वैवाहित जिवनमा बाँधिएका थिए । तीन सन्तानका धामी दम्पत्तीले कौसिमा वृहत  ड्रागनखेती समेत गर्नुको साथै निशुल्क फलफुलको बिरुवा वितरण गर्ने गरेर चर्चा कमाएका छन । ‘सानै कौसि खेतीबाट पनि कृषिमा वृहत क्रान्ति ल्याउन सकिन्छ’ भन्दै अभियन्ता धामीले निशुल्क बोट विरुवा वितरण गर्ने गरेको बताएका छन । 

धामी दम्पत्तीले रक्तचन्दन, श्रृखण्ड, अग्रउड, ड्रागनफल, शितलचिनिको बिउँ बिरुवा रोपेका छन । धनसिह धामीले बर्ष गाँठमा फजुल खर्च भन्दा केही समाजिक सृजनात्मक काम गर्न प्रयास गरिएको बताए । बृक्षारोपणमा धामी दम्पत्ती सहित सामुदायिक बनका अध्यक्ष कर्ण बहादुर बिष्ट लगायत स्थानिय बासिन्दाहरु सहभागि भएका थिए । धामी दाम्पत्तीको सो कार्यको प्रसंसा गरिएको छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>