कंचनपुरमा हप्ता दिन पहिला बाढि आउदा अधिकाँस भाग डुवान, पटान र कटानमा पर्याे । याे बाढिले ठुलाे धन जनकाे क्षति गरेकाे थियाे ।
५ जना मानिसकाे मृत्यु, सयाै बिगाह खेति पटान, थुप्रै ठाउमा सडक,खेत लगाएत कटानमा परे, हजाराै घरहरुमा लेदाे सहितकाे बाढि पस्याे खाध्यान्न लगायत सामाग्री क्षति भए, थुप्रै खाध्यान्न उध्याेग र विभिन्न पसल लगायत डुवानले थति गर्याे याे संगै जिल्लाकाे बिच भाग भएर जाने राजमार्ग समेत वच्न सकेन ।
पुर्व पश्चिम राजमार्गका थुप्रै ठाउँमा उत्तरतिर बाट आएकाे पानिकाे भल बाढिले राजमार्ग नाघेर बग्दै गर्दा राजमार्गका किनाराहरु कटानमा परेका थिए भने अर्जुनी, ऐठपुरमा बढि क्षति गरेकाे थियाे भने सुडामा राजमार्गकाे कल्भर्ट नै बगाएर राजमार्ग अवरुद्ध भएकाे थियाे । बाढि राेकिए लगत्तै सडक डिभिजन महेन्द्रनगर काममा खटिएर काम सुरु गरेपछि १-२ दिनमै राजमार्गका बिभिन्न ठाउँमा मर्मत गरि सकेकाे सुचना अधिकारी ईन्जिनियर तारानाथ सिग्देलले बताएका छन ।
सुडा चाेक नजिक रहेकाे कल्भर्ट भत्किदा यातायातका साधनले समस्या झेल्नु परेकाे थियाे यस्ताे अवस्थामा सडक डिभिजन कार्यालयले हप्ता दिन भित्रै डाईभर्सन बनाएकाे छ ।
सडकमा चल्ने सवारिको संख्या धेरै, ठुला मालबाहक सवारीले बैकल्पिक सडक (सुडा भुडा मार्ग) प्रयोग गर्दा सडक संरचनामा पुग्न सक्ने क्षतिले डाइभर्सन निर्माण अपरिहार्य रहेको र शिघ्र रुपमा डाईभर्सन निर्माण गरेकाे सुचना अधिकारी सिग्देलले बताएका छन ।
यसरी डाईभर्सन बनाउदा बाहिर आर्थिक लगानिका कुरा उठेका छन यश बारेमा सुचनम अधिकारी सिग्देलले भने डाइभर्सन निर्माण मा धेरै खर्च हुने भनेको ह्युम पाइप खरिदमा हो, ह्युम पाइप खरिद तत्काल लाई हेर्दा खर्च जस्तो देखिएतापनी सम्पत्ति को रुपमा रहने बस्तु हो। अन्य केही आइटम जस्तै ग्याबियन, ग्राभेल उक्त डाइभर्सन निर्माणको वास्तविक खर्च हो। कति खर्चमा कल्भर्ट निर्माण हुन सक्दछ भन्ने कुरा हाईड्राेलजिकल स्टडीले देखाउछ । याे काम गर्न सुरु भएकाे छ सुचना अधिकारी सिग्देलले बताउनु भयाे ।
डाइभर्सन आईतबार राति सम्म तयार भएर राजमार्ग सुचारु भएको छ ।
मूल्य : रु. 2,200,000
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. 1,850,000
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया