Samriddhipost
२०८१ असोज ११ गते शुक्रबार
महेन्द्रनगर
२०८१ साउन ०१ गते मङ्गलबार

दोधारा चाँदनीमा बाढीले विद्यार्थी प्रभावित : २ हजार विद्यार्थी खाली हात विद्यालय

कञ्चपुरको दोधारा चाँदनी नगरपालिकामा २ हजार बढी विद्यार्थीको किताब, कापी बगाएपछि बिद्यार्थीहरु रित्तो हात विद्यालय जान थालेका छन् । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा ‘रेकर्ड ब्रेक’ गर्ने गरि आएको वर्षाले २ हजार भन्दा बढी विद्यार्थीको किताब, कापी बगाएपछि बिद्यार्थीहरु रित्तो हात विद्यालय जान थालेका बिद्यालयहरुले जनाएका छन् । ज्यान जोगाउन मुस्किल भएको अवस्थामा, घरमा रहेका सबै सामान छाडेर भाग्नु परेको कारण किताब कापी, विद्यालय पोसाक, झोला सबै बाढीले बगाएको बिद्यार्थीहरुले बताएका छन् । बिद्यालयहरुमा विद्यार्थीको हातमा अलिे आएर किताब कापी, विद्यालय पोसाक, झोला छैनन् । बाढीले धेरै जसो बिद्यार्थीहरुको पोशाक समेत बगाउदा छिमेकीबाट माँगेको कपडा लगाएर बिद्यालय आउदै गरेको बिद्यालयहरुले जनाएको छ् । दोधारा चाँदनी नगरपालिकाको वडा नं. ३, ६, ७, ८, ९ र १० वडाहरु बाढीले डुवानमा परेको कारण शैक्षिक अवस्था निकै प्रभावित बनेको दोधारा चाँदनी नगरपालिका कार्यालय शिक्षा शाखाका शाखा प्रमुख हरिदत्त जोशीले बताउनुभएको छ् । बाढी आएको बेला बिद्यालयमा नभएर बिद्यर्थीहरु घरमा रहेको हुदा उनिहरुको पाठ्य पुस्तक, पोशाक, पाठ्य सामग्रीहरु र शिक्षण सिकाई संग सहयोग पुग्ने सामग्रीहरु बाढीले बगाएर लगेको हुदा ठुला क्षती बनाएको शिक्षा शाखाका शाखा प्रमुख हरिदत्त जोशीले बताउनुभएको छ् । उहाँका अनुसार बाढीले नगर क्षेत्रमा २ हजार बिद्यार्थीहरुको पाठ्य पुस्तक, पोशाक, पाठ्य सामग्रीहरु र शिक्षण सिकाई संग सहयोग पुग्ने सामग्रीहरुमा क्षती बनाएको हुदा यस बिषयमा दोधारा चाँदनी नगरपालिका कार्यालयले दातृ संस्था संग समन्वय र सहकार्य गर्दै आएको उहाँको भनाई रहेको छ् । दोधारा चाँदनी नगरपालिका– १० को ओंमकार आधारभुत बिद्यालयका प्रधानध्यापक दिपक आझोले बिद्यालयमा किताब कापी, विद्यालय पोसाक, झोला बिना बिद्यार्थीहरु बिद्यालय आउने गरेको बताउनुभएको छ् । ओंमकार आधारभुत बिद्यालयमा भित्र पानी पसेर बिद्यार्थीहरु बस्ने पिफम, कार्पेट लगाएत लेख सामग्रीमा क्षती बनाएको प्रधानध्यापक दिपक आझोले बताउनुभएको छ् । ओंमकार आधारभुत बिद्यालयको सेवा क्षेत्रमा पर्ने सबै टोल, बस्ती डुवानमा परेको हुदा बिद्यार्थीहरुको किताब कापी, विद्यालय पोसाक, झोला बाढीले बगाएर लगेको प्रधानध्यापक दिपक आझोले बताउनुभएको छ् । बाढीले किताब कापी, विद्यालय पोसाक, झोला बगाए संगै बिद्यार्थीहरुको नियमित पठनपाठनमा प्रभाव परेको उहाँले बताउनुभएको छ् । ‘रेकर्ड ब्रेक’ गर्ने गरि आएको वर्षा संगै महाकाली नदी र जगबुडा नदीको बाढीले २ सय २१ घरपरिवार बिस्तापित भई बिद्यालयहरुमा आश्रय लिएर बसेका थिए । मौसम सामान्य भए संग अन्य बिद्यालयमा आश्रय लिएर बस्दै आएका बाढीपिडित घर फर्किसके भएता पनि वडा नं. ३ पटरा खल्लाका ४० घरपरिवार अझै पनि जमुना आधारभुत बिद्यालयमा आश्रय लिएर बस्दै आएका छन् । बाढीको कारण नगर क्षेत्रको घर, बाटाघाटा, झोलुङ्गे पुल, अन्नपातमा लाखौंको क्षती बनाएको छ् । 

 

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>