Samriddhipost
२०८१ असोज ११ गते शुक्रबार
महेन्द्रनगर
२०८१ साउन ०१ गते मङ्गलबार

भीमदत्त स्थानीय सरकार बिरुद्ध भूमिहिन, सुकुमबासी

कञ्चनपुरको भीमदत्त नगरका भूमिहिन,सुकुमबासी, मजदुर, खोकाछाप्रा पीडितले भीमदत्त नगर स्थानीय सरकारले आफुहरुमाथि ज्यादती गरेको भन्दै संघर्ष जारी राख्ने घोषणा गरेका छन । वाढीले देशैभरीको जनजिवन प्रभावित भईरहेका बेला केही दिन आन्दोलनको स्वरुप परिर्वतन गरेर स्थानीय सरकारको ज्यादती बिरुद्धमा संघर्ष जारी रहने घोषणा गरेका हुन । 

सोमबार महेन्द्रनगर नगर विकास पीडित संयुक्त संघर्ष समितिले पत्रकार सम्मेलन गर्दै स्थानीय जनताको पीडामा साथ दिनुपर्ने सरकारले पीडामाथि पीडा दिएको भन्दै निरन्तर आन्दोलनको चेतावनी दिएका छन ।

भीमदत्त नगरपालिकाले आफुहरुमाथि अन्याय, अत्याचार गरेको भन्दै त्यस बिरुद्धमा शसक्त रुपमा आन्दोलनमा उत्रिने चेतावनी दिएका हुन । भूमिहिन, सुकुमबासीका अगुवा आनन्द सिह धामीले भीमदत्त नगरपालिकाले हजुवाको भरमा सबैलाई अतिक्रमणबारीको संज्ञा दिदै सुकुमबासी, सुकुमबासीमाथि ज्यादती गर्न खोजिएको भन्दै पालिका बिरुद्धमा संचालन गर्दै आएको आन्दोलनको स्वरुप परिर्वतन गरेर अन्य संघर्ष जारी राखिएको बताए । 

उनका अनुसार पालिकाले बिरुद्धमा दैनिक आन्दोलन २३ असारदेखि रोकेर उनीहरुलाई उपयुक्त निर्णयका लागि समय दिएको तर, उक्त समयमा पनि निर्णय लिन नसके फेरी आन्दोलनको चेतावनी दिए । 

मजदुरका नेता दानसिह विष्टले आफुहरुलाई नवनियुक्त गृहमन्त्री रमेश लेखकले ०७९ सालमा भएको चुनावका बेला सुकुमबासी बस्तीमै आएर बसेकै स्थानमा व्यवस्थापन गर्ने आश्वासन दिएको, उनलाई जनतालाई जिताएर आज उनै काँग्रेस नेता गृहमन्त्री भएकाले आफुहरुलाई बसेकै स्थानमा लालपुर्जा दिने आशा भएको बताए ।

‘यस सुकुमबासी बस्तीमा आएर अहिलेका गृहमन्त्री रमेश लेखक सहितका सबै दलका नेता कार्यकर्ता, उम्मेदवारहरुले हामीहरुलाई बसेकै स्थानमा जमिन दिने आश्वासन दिएका थिए, ‘उनले भने, ‘आज तिनै काँग्रेस नेता गृहमन्त्री भएका छन, अब हामीलाई यो स्थायी सरकारप्रति आशा पनि छ ।’

महेन्द्रनगर नगर विकास पीडित संयुक्त संघर्ष समितिका अध्यक्ष महेश पन्तले भीमदत्त नगरपालिका स्थानीय सरकारले मजदुर, सुकुमबासी, भूमिहिन र खोकाछाप्रा पीडितको फर्केर ईतिहास हेर्नुपर्ने बताए । उनले ०४८, ०५३ सालदेखि यता विभिन्न मितिमा मजदुर, भूमिहिन र खोकाछाप्रा पीडितलाई जमिन दिने निर्णय नै भएकाले अहिले बस्तीमै डोजर ल्याउने काम भएको भन्दै निन्दनिय भएको बताए । 

‘गृह मन्त्रालयको योजना अनुरुप २२ चैत्र ०८० जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा भएको सर्बदलिय बैठकले पनि अवैध सरचना मात्रै हटाउने निर्णय गरेको थियो, उक्त निर्णयमा सबै दलले साथ दिए, तर यस अघि नगरविकास समितिले जमिन दिएका खोकाछाप्रा, मजदुर हटाउने निर्णय गरेका थिएनन, तर भीमदत्त नगरका जनप्रतिनिधी मात्तिएर खोकाछाप्रादेखि मजदुर, सुकुमबासीमाथि अन्याय गर्न थालेका छन ।’

केन्द्रमा जुनसुकै सरकार भएपनि सुकुमबासी, भूमिहिन, मजदुरका हितमा संघर्ष गरिने एमाले नेता पन्तले चेतावनी दिए । कञ्चनपुर खोकाछाप्रा तथा उद्दार समितिका अध्यक्ष देवल सिह विष्टले भीमदत्त नगरका जनप्रतिनिधीले आँखा बन्द गरेर डोजर लगाएर जनताको सम्पत्ती नष्ट गरिदिएको बताए । नगरविकास समितिसंग सम्झौता गरे अनुरुप बनाएका सरचना पनि प्रतिशोध, ईगोले भत्काईदिएको दुखेसो पोखे ।

चुनावका बेला जनतासंग जनताका समस्या समाधान गर्ने बाचा गरेका भीमदत्त नगरका जनप्रतिनिधी अहिले सत्तामा पुगेर मात्तिएको भन्दै उनीहरुले अब बस्तीमा डोजर ल्याए प्रतिकारको चेतावनी दिएका छन । भीमदत्त नगरपालिकाले अवैध सरचना मात्रै हटाउने काम भएको जनाउँदै आएको छ । 

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>