Samriddhipost
२०८१ असोज ११ गते शुक्रबार
महेन्द्रनगर
२०८१ साउन ०१ गते मङ्गलबार

पैसा नपाएपछि निर्माण ब्यावसायीले महाकाली सिचाई तेस्राे चरणमा लगाए ताला

काम गरेको भुक्तानी नगरेपछि निर्माण व्यवसायीले राष्ट्रिय गौरबको आयोजना कार्यालयमा तालाबन्दी गरेका छन ।

कञ्चनपुर निर्माण व्यवसायी संघको अगुवाईमा महाकाली सिँचाई तेस्रो चरणको कार्यालयमा निर्माण व्यवसायीहरुले तालाबन्दी गरेका हुन । 

मंगलबार निर्माण व्यवसायीहरुले गरेको कामको भुक्तानी नदिएको भन्दै बिरोध स्वरुप तालाबन्दी गरेका छन ।

निर्माण व्यवसायी संघ कञ्चनपुरका अध्यक्ष निरन्जन प्रशाद भट्टले गत आर्थिक बर्ष ०८०÷०८१ मा गरेको कामको भुक्तानी नगरेपछि बाध्य भएर तालाबन्दी गरेको बताए ।

‘हामीले पटक पटक गरेको कामको भुक्तानी मागे तर, कार्यालयले भोली भन्दाभन्दै टार्दै आयो, त्यो आर्थिक बर्ष पनि सकियो, तर भुक्तानी गरिदिएन, ‘उनले भने, ‘व्यवसायीले घरजायजेथा बैंकका राखेर सरकारको काम गर्दछन, तर सरकारी कार्यालयले भुक्तानी दिदैन।

अध्यक्ष भट्टले महाकाली सिँचाई तेस्रो चरणको चरम लार्पबाहीले भुक्तानी नपाएपछि व्यवसायी आत्महत्या गर्ने संघारमा पुगेको बताए । 

अध्यक्ष भट्टले काम गरेर भुक्तानी नदिने जिल्लाका सबै कार्यालयमा तालाबन्दी गरिने घोषणा समेत गरेका छन । व्यवसायीको तालाबन्दीले कार्यालयको कामकाज प्रभावित भएको छ ।

नेशनल कस्क्ट्रक्सन प्रालिका संचालक एव संघका कोषाध्यक्ष दीपक भट्टले गत आर्थिक बर्ष मात्रै नभई त्यस अघिका आर्थिक बर्षमा पनि निर्माण व्यवसायीले गरेका कामको कार्यालयले भुक्तानी गर्न बाँकी रहेको बताए ।

उनले जिल्लामा सबैभन्दा बढि ४० करोड भन्दा बढि भुक्तानी गर्नुपर्ने तेस्रो चरणको भएकाले पहिलो पटक कार्यालयमा तालाबन्दी गरिएको बताए ।

बराह डेभलपर्स प्रालि÷सव कन्टेक्टर भवानी कालिका निर्माण कम्पनी प्रालिका संचालक हर्क बहादुर मल्लको बैंकको ऋण काटेर सरकारी काम गरेको तर अहिले आएर कार्यालयबाट धोखा पाईएको बताए ।

‘मैले बैकबाट ऋण निकालेर सरकारको काम गरे तर, कार्यालयले भोली भन्दा भन्दै बर्ष नै सकियो, भुक्तानी गरिदिएन, ‘उनले भने, ‘चारैतिरबाट साहुहरुले सताईरहेका छन, हाम्रा पीडा कसले बुझिदिने ।’ उनका अनुसार आफ्नो कम्पनीले काम गरेको ४ करोड रुपैया बाँकी रहेको बताए । 

गाल्वा निर्माण सेवाका सव कन्टेक्टर कञ्चन राष्ट्रिय निर्माण कम्पनीका संचालक पुष्पराज अवस्थीले कार्यालयको कामका लागि बैंकबाट ऋण निकालेर काम गरेपनि अहिले भुक्तानी नपाएको बताए ।

‘मैले बैंकबाट ऋण निकाले तर काम गरेपनि भुक्तानी गरिदिएन, अहिले त्यतिकै बैंकको ब्याज तिर्नुपरेको छ, ‘उनले भने, ‘हामीमाथि वित्तिय भारको संकट थापेर कार्यालयले आफु उन्मिन खोजेको छ ।’

महाकाली सिँचाई तेस्रो चरण आयोजना कार्यालय महेन्द्रनगरको तथ्याङ्क अनुसार ७निर्माण कम्पनीको ४०करोड, ८४लाख, ४६ हजार, ४७१रुपैया भुक्तानी गर्न बाँकी छ । 

लुम्बिनी स्वच्छन्दबन्दन भगवती भेजीको १४करोड, ३०लाख, ८९४रुपैया, आरोग्य भेगिम सोसाईटी जेभीको १करोड, ८ लाख, २४ हजार ३९८रुपैया, गाल्वा निर्माण सेवा प्रालिको ३करोड, २१लाख, ७३ हजार, ५सय ७रुपैया, बराह डेभलपर्स प्रालिको ४करोड, ८२लाख, ४९ हजार, ४५९रुपैया, केएस कन्स्ट्रक्सन प्रालिको ७करोड, १५लाख, ९८हजार ७४०रुपैया, नेपाल आर्दश÷तेज जेभीको ५करोड, ४१लाख, १९ हजार ५८४रुपैँया र गीता साकुरा पावर जेभीको १६करोड, ९१लाख, ७९ हजार, ८८४रुपैया भुक्तानी गर्न बाँकी छ ।

महाकाली सिँचाई तेस्रो चरण आयोजना कार्यालय प्रमुख कुसाङ शेर्पाले माथिबाट बजेट नदिएपछि निर्माण व्यवसायीलाई काम गरेको भुक्तानी दिन नसकिएको बताए ।

‘हो उहाँहरुले काम सम्पन्न गरेर कार्यालयमा बिल सहितका सबै प्रंकृया पुरा गरिसकेका छन, ‘उनले भने, ‘तर हामीले माथि मन्त्रालय, विभागका ताकेता गरेको रकम समेत पठाईदिएन ।

व्यवसायीको भुक्तानीका लागि कार्यालयले निरन्तर माथिल्ला निकायका ताकेता गरिरहेको कार्यालय प्रमुख शेर्पाले बताए । 

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>