Samriddhipost
२०८१ भदौ २३ गते आइतबार
महेन्द्रनगर
२०८१ साउन ०१ गते मङ्गलबार

विद्यार्थीको शैक्षिक सामग्री क्षती बनाएको अवस्था बुझ्न नगर प्रमुख लिम्बु नेतृत्वको टोली बिद्यालयमा

कञ्चपुरको दोधारा चाँदनी नगरपालिकामा एक साता अघि आएको अविरल बर्षा सहित बाढीले बिद्यार्थीहरुमा परेको असर बुझ्न दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बु सहित शिक्षा समितिको टोलीले बिद्यालयहरुमा अनुगमन थालेको छ् । बाढीले २ हजार बढी बिद्यार्थीहरुको किताब, कापी लगाएत उनिहरुको शैक्षिक सामग्री क्षतीको बिषयलाई लिएर दोधारा चाँदनी नगरपालिका क्षेत्रमा रहेका संस्थागत र सामुदायिक बिद्यालयहरुका अनुगमन थालेको दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बुले जानकारी दिनुभएको छ् । दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बुले केही दिन अघि बाढीले पारेको प्रभावको बारेमा बिबरण संकलन भईसकेको जानकारी गराउदै थप वास्तविकता बुझ्न आफुहरुले अनुगमन थालेको बताउनुभएको छ् । उहाँले नगर क्षेत्रमा बाढीले बनाएको क्षतीको बारेका बिभिन्न मन्त्रालयमा जानकारी सहित क्षतीको बिबरण बुझाई सहयोगको माँग राख्दै आएको बताउनुभएको छ् । सम्भवत : भोली देखि नगर क्षेत्रमा बाढीले गरेको क्षतीको राहत रकम बितरण गर्न दोधारा चाँदनी नगरपालिका कार्यालय तयारीमा जुटेको दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बुले बताउनुभएको छ् । ‘रेकर्ड ब्रेक’ गर्ने गरि आएको वर्षाले २ हजार भन्दा बढी विद्यार्थीको किताब, कापी लगाएत शैक्षिक सामग्री क्षती बनाएपछि बिद्यार्थीहरु रित्तो हात विद्यालय जान थालेका बिद्यालयहरुले जनाएका छन् । ज्यान जोगाउन मुस्किल भएको अवस्थामा, घरमा रहेका सबै सामान छाडेर भाग्नु परेको कारण किताब कापी, विद्यालय पोसाक, झोला सबै बाढीले बगाएको बिद्यार्थीहरुले बताएका छन् । गएको २२ गते देखि २४ सम्म आएको अबिरल वर्षा संग महाकाली नदी र जगबुडा नदीको बाढीले बिद्यार्थीहरुको शैक्षिक सामग्रीमा क्षती पुर्‍याएको क्षतीको बिषयमा बिद्यालयहरुमा स्थलगत अनुगमन सुरु गरेको दोधारा चाँदनी नगरपालिका कार्यालय शिक्षा शाखाका शाखा प्रमुख हरिदत्त जोशीले बताउनुभएको छ् । बाढीबाट बिद्यार्थीहरु संग भएको शैक्षिक क्षतीको थप वास्तविक बिबरण संकलन गरि क्षतीलाई कसरी पुर्ती गर्न सकिन्छ भन्ने सन्दर्भमा नगर प्रमुख नेतृत्वको नगर शिक्षा समितिको टोली बिद्यालयहरुको अनुगमनमा रहेको उहाँले बताउनुभएको छ् । टोलीले बिद्यालयका प्रधानध्यापक तथा शिक्षकहरु संग समेत छलफल गरेको छ् । नगरपालिकाको वडा नं. ३, ६, ७, ८, ९ र १० वडाहरु बाढीको बढी प्रभावित क्षेत्र भएको कारण शैक्षिक अवस्था समेत नराम्रो संग प्रभावित बनेको दोधारा चाँदनी नगरपालिका कार्यालय शिक्षा शाखाका शाखा प्रमुख हरिदत्त जोशीले बताउनुभएको छ् । दोधारा चाँदनी नगरपालिका क्षेत्रमा संस्थागत र सामुदायिक बिद्यालय गरि ४२ वटा बिद्यालयहरु रहेका छन् । नगर क्षेत्रको अधिकांश सबै टोल, बस्ती डुवानमा परेको हुदा बिद्यार्थीहरुको किताब कापी, विद्यालय पोसाक, झोला बाढीले भिजाएको, बगाएर लगेको बिद्यालयहरुले जनाएका छन् । ‘रेकर्ड ब्रेक’ गर्ने गरि आएको वर्षा संगै महाकाली नदी र जगबुडा नदीको बाढीले २ सय २१ घरपरिवार बिस्तापित भई बिद्यालयहरुमा आश्रय लिएर बसेका थिए । मौसम सामान्य भए संग अन्य बिद्यालयमा आश्रय लिएर बस्दै आएका बाढीपिडित घर फर्किसकेको भएता पनि वडा नं. ३ पटरा खल्लाका ४० घरपरिवार अझै पनि जमुना आधारभुत बिद्यालयमा आश्रय लिएर बस्दै आएका छन् । 

 

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>