Samriddhipost
२०८१ कार्तिक ०२ गते शुक्रबार
महेन्द्रनगर
२०८१ साउन ०२ गते बुधबार

निर्माण ब्यावसायीले जनताकाे तटबन्धमा लगाए ताला

कञ्चनपुरको निर्माण व्यवसायीले दोस्रो दिनपनि अर्को सरकारी कार्यालयमा तालाबन्दी गरेका छन ।
निर्माण व्यवसायीले दोस्रो दिन बुधबार जनताको तटबन्ध कार्यालय महेन्द्रनगरमा तालाबन्दी गरेका हुन । 
काम गरेको भुक्तानी नगरेका जिल्लाका सरकारी कार्यालयहरुमा निर्माण व्यवसायी संघ कञ्चनपुरको अगुवाईमा पहिलो दिन, महाकाली सिँचाई तेस्रो चरणको कार्यालय र दोस्रो दिन जनताको तटबन्ध कार्यालयमा निर्माण व्यवसायीहरुले तालाबन्दी गरेका छन । 
निर्माण व्यवसायीहरुले गरेको कामको भुक्तानी नदिएको भन्दै बिरोध स्वरुप बुधबार तालाबन्दी गरेका हुन । निर्माण व्यवसायी संघ कञ्चनपुरका अध्यक्ष निरन्जन प्रशाद भट्टले गत आर्थिक बर्ष ०८०÷०८१ मा गरेको कामको भुक्तानी नगरेपछि बाध्य भएर तालाबन्दी गरेको बताए ।
‘हामीले पटक पटक गरेको कामको भुक्तानी मागे तर, कार्यालयले भोली भन्दाभन्दै टार्दै आयो, त्यो आर्थिक बर्ष पनि सकियो, तर भुक्तानी गरिदिएन, ‘उनले भने, ‘व्यवसायीले घरजायजेथा बैंकका राखेर सरकारको काम गर्दछन, तर सरकारी कार्यालयले भुक्तानी दिदैन।
अध्यक्ष भट्टले जनताको तटबन्ध कार्यालयले चरम लार्पबाहीले भुक्तानी नपाएपछि व्यवसायी आत्महत्या गर्ने संघारमा पुगेको बताए ।
अध्यक्ष भट्टले काम गरेर भुक्तानी नदिने जिल्लाका अन्य कार्यालयमा तालाबन्दी गरिने घोषणा समेत गरेका छन । तालाबन्दीले जनताको तटबन्ध कार्यालयको कामकाज प्रभावित भएको छ । 
कञ्चनपुरका निर्माण व्यवसायी एव संघका उपाध्यक्ष देब बहादुर चन्दले काम गरेर पनि भुक्तानी नपाउने विडम्बना भएको बताए । उनले समयमै भुक्तानी नगरेपछि दवाव र बिरोध स्वरुप कार्यालयमा तालाबन्दी गरेको बताए ।
जनताको तटबन्ध कार्यालय महेन्द्रनगरको तथ्याङ्क अनुसार शकरजोशी जेभीको ३करोड र रतला उग्रतारा जेभीको १ करोड भुक्तानी बाँकी रहेको छ ।
जनताको तटबन्ध कार्यालय महेन्द्रनगरका प्रमुख श्रीप्रशाद शाहले माथिबाट बजेट नदिदा भुक्तानी गर्न नसकिएको बताए ।
माथिबाट बजेट नदिएपछि दुई निर्माण व्यवसायीको भुक्तानी दिन नसकिएको कार्यालय प्रमुख शाहले बताए । उनका अनुसार चालु आर्थिक बर्षमा ६करोड ९०लाख मात्रै आएको र गत बर्षकै भुक्तानी दिन ठिक्क हुने छ । 

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>