Samriddhipost
२०८१ कार्तिक ०२ गते शुक्रबार
महेन्द्रनगर
२०८१ साउन ०६ गते आइतबार

त्रीशुलीमा हराईरहेका २ बस सहितका यात्रु खाेज्न भारतिय टाेली परिचालन

नारागणगढ–मुग्लिन सडकको सिमलतामा पहिरोसँगै त्रिशूलीमा बगेका दुईवटा बस र त्यसमा सवार यात्रुको खोजीमा भारतीय उद्धार टोली जुटेको छ ।

भारतको नेशनल डिजास्टर रेस्पोन्स फोर्स (एनडिआरएफ)को १२ सदस्यीय टोली आज बिहानदेखि खोजतलासमा जुटेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।

असार २८ गते शुक्रबार वीरगञ्जबाट काठमाडौँतर्फ आइरहेको बागमती प्रदेश ०३–००६ख १५१६ नम्बरको बस र काठमाडौँबाट गौरतर्फ गइरहेको बागमती प्रदेश०३–२४९५ख ००१ नम्बरको बस सिमलतालस्थित त्रिशूली नदीमा बगेका थिए ।

बसमा सवार ६५ जनामध्ये तीनजना बाँच्न सफल भएका थिए भने ६२ जना बेपत्ता भएका थिए ।

अहिलेसम्म फेला परेका २५ शवमध्ये १७ जनाको सनाखत भएको छ । अझै ३७ यात्रु र दुईवटै बसको अवस्था अज्ञात छ ।

मुलुकमा अत्याधुनिक उपकरणसहितका जनशक्ति नहुँदा सरकारको अनुरोधमा भारतबाट उक्त टोली आएको हो ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>