Samriddhipost
२०८१ कार्तिक ०२ गते शुक्रबार
महेन्द्रनगर
२०८१ साउन ०६ गते आइतबार

वेदकाेट ८ मा बाढिकाे व्यापक क्षति, गृहमन्त्रीले पहल गर्नेमा वडा अध्यक्ष

चुरेसंगै जोडिएको कञ्चनपुरको वाढीले ताण्डव मच्चाएको छ । बेदकोट नगरपालिका ८ वडाका विभिन्न बस्तीहरुमा वाढीले ताण्डव मच्चाएको हो । गत असार तेस्रो साता र साउन पहिलो साता भिषण रुपमा परेको बर्षाले रौटेला सहितका विभिन्न खोलानाला नदीमा आएको वाढीले कटान, पटानदेखि डुवान गरेको छ ।
बेदकोट नगरपालिका ८का वडाध्यक्ष महेशराज जोशीले बषौँदेखि रौटेला खोला, सहितका स्थानीय खोला नदी नालामा आएको वाढीले धनजनदेखि भौतिक सरचना तहसनहस बनाएको बताए ।
‘हामीले वाढीबाट क्षतिग्रस्थ स्थलको संयुक्त टोली बनाएर वडाबाट वडाभरी स्थलगत अनुगमन गरेका छौँ, ‘उनले भने, ‘वडाभरी अनुगमन गर्दा भौतिक क्षति ब्यापक मात्रामा क्षति भएको छ ।’ वडाबाट विपद् व्यवस्थापन समिति गठन गरेर क्षतिग्रस्थ सबै स्थानको संयुक्त अनुगमन गरिएको बताए ।
रौटेला खोलाको वाढीले टकुलिया क्षेत्रका १५ दलित समुदायका परिवार विस्थापित भएका छन । बेदकोट नगरपालिका ८नम्बर वडाको तथ्याङ्क अनुसार अन्नबाली, खेतीयोग्य भूमि, सडक, पुलपुलेसा,पशुपन्छी तर्फ क्षति पुगेको छ ।
१सय ८विगाहमा लगाएको धानखेती, ७ कट्टामा अरहरखेती सहित १सय १५कट्टा जमिनको अन्नबाली नष्ट भएको छ । खेतीयोग्य जमिन कटान र पटानले उक्त जमिनमा रहेको अन्नबाली नष्ट भएको हो । सयौँ धरघुरीको दैनिक खाने धान, गहुँ तोरी, ताल, चामल, पिठो सहितका खाद्यान्न नष्ट भएको छ, चौपाया तर्फ ५ बाख्रा, पशुपन्छी तर्फ १हजार २सय बोईलर र १७लोकल कुखुरा मरेका छन । भने, २ स्थानीयका घर, ५ गोठ भत्किएका छन । वाढीले घर भित्र रहेको बहुमुल्य सुनचाँदी सहितको गरगरहना समेत नष्ट भएको छ । व्यक्तिको निजी सम्पती झण्डै २२लाख बराबरको क्षति भएको छ । वाढीले धार्मिक पर्यटकिय क्षेत्र रौटेला मार्ग सहित कफ्लासैनी, चौलानी, मालिकार्जुन, पुष्पलाल स्मृति, प्रेमसिह धामी लगायतका सडक ठाँउ ठाँउमा क्षति भएको छ ।
स्थानीय गणेश सिह, राम बहादुर पाल, शेर बहादुर बमको घर जाने कल्भर्ट पुर्ण क्षति भएका छन । मुल नहरमा लाल सार्कीको घर नजिकै कालोपत्रे सडक र नहरको सडक, मुल नहरबाट शुभकामना टोलमा डुवान भएको छ ।रौटेला खोलाले शुभकामना टोल, भाँसी, टकुलिया मार्गको दक्षिणतिरका सबै घरबस्ती विस्थापित भएका छन । लोक बहादुर सिह सहितका स्थानीयको जमिनमा बालुवा भरिएर खेतमा पूर्ण क्षति पुगेको छ ।
अहिलेसम्म वडा सरकार मात्रै निरन्तर हामी संयुक्त रुपमा खटिएपनि पालिका, प्रदेश र केन्द्रले ध्यान चासो समेत व्यक्त नगरेको बताए । ‘वाढीले क्षतिग्रस्थ सडक, पुलपुलेसा, खेतीयोग्य भूमि पुर्ननिर्माण, पुर्नरुत्पादनका लागि ठुलो धनराखी खर्च हुने देखियो, ‘उनले भने, ‘उत्रो बजेट वडा, पालिकासग हुँदैन, अब प्रदेश र संघीय सरकारले यस वडाको वाढी ताण्डप बारे हेर्नुको विकल्प छैन ।’
वडाध्यक्ष जोशीले नवनियुक्त संघीय सरकारका गृहमन्त्री रमेश लेखककै वडा भएकाले वाढीपीडितलाई राहत, क्षतिपूर्ति एव क्षतिग्रस्त सार्वजनिक सरचना पुर्ननिर्माणका लागि ध्यान दिने आशा व्यक्त गरेका छन ।
‘यो वाढीको सन्त्रासमा रहेको बेदकोट ८ गृहमन्त्री रमेश लेखक ज्यूकै वडा हो, ‘वडाध्यक्ष जोशीले भने,‘वाढीको ताण्डव बारे स्वयम गृहमन्त्री ज्यूको ध्यानाकर्षण गर्दै पुर्ननिर्माणका लागि आवश्यक पहलका लागि आशावादी छु ।’
यस विषम परिस्थितिमा प्रदेश र संघीय सरकारले विपद्बाट क्षतिग्रस्त सरचनाको पुर्ननिर्माणदेखि भावि दिनमा दीर्घकालिन विपद् व्यवस्थापन गरिदिन आग्रह गरेका छन ।
वडाका चुरेदेखि राजमार्गसम्मै बग्ने रौटेला सहितका सबै खोला नदीनालाहरुको कटानी नियन्त्रण गर्न नसके खेतीयोग्य भूमिदेखि नागरिक विस्थापित हुने वडाध्यक्ष जोशीको चिन्ता छ ।

 

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>