Samriddhipost
२०८१ मङि्सर ०८ गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ साउन ०७ गते सोमबार

एमालेले समर्थन फिर्ता लिए सगैं अल्पमतमा परेका सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ बहादुर सोडारी प्रदेशसभाको बैठक छल्ने योजनामा छन् । प्रदेश सरकार अल्पमतमा परिसकेपछि पहिलो पटक प्रदेश प्रमुख नजिर मियाँले बोलाएको बिषेश प्रदेशसभा बैठकमा सहभागी नभएर सदल छल्ने रणनितिमा मुख्यमन्त्री सोडारी छन् । मुख्यमन्त्री सोडारीले साउन ८ गते मगंलबार प्रदेश प्रमुखले डाँकेको बिषेश प्रदेशसभा अधिवेशनबारे आफु जानकार नभएको प्रतिक्रिया दिएका छन् । अधिवेशन सरकारले आवह्वान नगरेको र सरकार सगं समन्वय नभएको सोडारीले बताए ।

मुख्यमन्त्री सोडारीले भने, ‘हामीले अधिवेशन आह्वान गरेका छैनौँ । अधिवेशनबारे हामीलाई थाहा छैन ।’ आज सभामुख भीमबहादुर भण्डारीले सभा सञ्चालनको लागि कार्य व्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । सो बैठकमा सत्तापक्षको उपस्थिति नहुने देखिएको छ । साथै आह्वान गरिएको विशेष अधिवेशनमा पनि उनीहरूको उपस्थिति नरहने देखिएको हो । प्रदेश सरकारका जलस्रोत तथा सहरी विकास मन्त्री अक्कल रावलले पनि अधिवेशनबारे आफूलाई थाहा नभएको र अधिवेशनको औचित्य पनि नभएको बताएका छन् । मन्त्री रावलले भने, ‘अधिवेशन सरकारले राख्ने हो । हामीले राखेका छैनौँ । यो अधिवेशन नै औचित्यहीन अधिवेशन हो । यसमा सरकारको उपस्थिति हुने सम्भावना न्यून छ ।’

सुदूरपश्चिम प्रदेश सरकारले बजेट फेल भइसकेपछि अध्यादेशमार्फत बजेट ल्याउने तयारीमा थियो । तर अध्यादेशको बाटोबाट बजेट ल्याउने बाटो नै बन्द गरी प्रदेश प्रमुख नजिर मियाँमार्फत विशेष अधिवेशनको आह्वान गरिएको छ । अध्यादेशमार्फत बजेट ल्याउन प्रदेश सरकारले प्रदेश प्रमुखलाई असार ३० गतेदेखि लागू हुने गरी बजेट अधिवेशन अन्त्यको लागि पत्राचार गरेको थियो । तर प्रदेश प्रमुख मियाँले साउन ३ गते राति १२ देखि लागु हुने गरी अधिवेशन अन्त्य गरे ।

त्यसको भोलिपल्ट प्रदेश सभाको एक चौथाइ प्रदेश सभा सदस्यहरू (काँग्रेस एमालेसहित) विशेष अधिवेशनमा माग गर्दै प्रदेश प्रमुख कहाँ निवेदन गरे । त्यस लगत्तै प्रदेश प्रमुखले साउन ८ गतेका लागि विशेष अधिवेशन आह्वानको लागि प्रदेश सभामा पत्राचार भएको हो । प्रदेश सभा सचिवालयले भोलि साउन ८ गते दिउँसो २ बजे बस्ने गरी प्रदेश सभाको अधिवेशन बोलाएको छ । असार १७ गते दुई ठुला दल कांग्रेस र एमालेबिच भएको राजनीतिक सहमतिपछि प्रदेश सरकारबाट एमाले बाहिरिएपछि सोडारी नेतृत्वको सरकार अल्पमतमा छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>