Samriddhipost
२०८१ असोज ०४ गते शुक्रबार
२०७८ पुष २६ गते सोमबार

बढ्यो तयारी कपडाको मूल्य

 ढुवानी भाडा बढेपछि तयारी कपडाको मूल्य बढेको छ । कोरोना महामारी शुरू भएयता अन्तरराष्ट्रिय बजारमा मजदूरको पारिश्रमिक वृद्धि हुनुका साथै ढुवानी भाडा बढेपछि विदेशबाट नेपालमा आयात हुने विभिन्न ब्रान्डका तयारी कपडाको मूल्य बढेको व्यापारीहरूले बताएका छन् ।
आइतवार राष्ट्रिय व्यापारसंघले काठमाडौंमा आयोजना गरेको १७औं वार्षिक साधारणसभा तथा नवौं महाधिवेशनमा बोल्दै नेपाल हिमालय सीमापार व्यापार संघका अध्यक्ष अशोक श्रेष्ठले कोरोना महामारीका कारण चीनतर्फका तातोपानी र रसुवागढी नाकाको अवस्था व्यापारीहरूका लागि भयावहजस्तै बनेकाले ढुवानी भाडा अत्यधिक रूपमा बढेको बताए ।
उनका अनुसार रसुवागढी नाकाबाट नेपाली व्यापारीहरूले सामान अयात गर्दा चीन तर्फबाट नेपालतर्फको सिमानामा सामान ल्याई पुर्‍याउन २२ किलोमीटर दूरीमा प्रतिगाडी भाडादर ४ लाख ५० हजार रुपैयाँभन्दा बढी तिर्नु परेको छ । यसले गर्दा यसअघि बजारमा १ हजार रुपैयाँ पर्ने जुनसुकै तयारी कपडाको मूल्य यतिबेला १५ सय रुपैयाँभन्दा बढी पर्ने गरेको छ । ‘विगतको तुलनामा ढुवानी भाडा निक्कै बढेको छ । त्यसैले कपडाको लागत बढेको देखिन जान्छ र बजारमा कपडा महँगो दरमा बेच्नुपर्ने बाध्यता छ,’ कार्यक्रममा बोल्दै उनले भने । आजको आर्थिक अभियान दैनिकमा समाचार छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>