Samriddhipost
२०८२ फागुन २१ गते बिहिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८१ साउन ०८ गते मङ्गलबार

पुर्नवासमा विज्ञापन बिना कर्मचारि नियुक्ति, हटाउन स्थानियले दिए निवेदन ।

पनुर्वास नगरपालिकाले कानन विपरित नियुक्त गरेका कर्मचारी हटाउन माग गर्दै स्थानीयले नगरपालिकामा निवेदन दिएका छन् ।
नगरपालिकाले कानून विपरित एक जना अहेव नियुक्त गरेको हो। नगरपालिकाले विज्ञापन नगरि अहेव पदमा देवी कुमारी तमाङलाई नियुक्त गरेको छ । पुनर्वास नगरपालिका–७ की तमाङलाई वडा नं. ९ स्थित परासन स्वास्थ्य चौकीमा काम गर्ने गरि नियुक्त गरिएको छ ।
मिति २०८१/४/२ गतेको निर्णयानुसार तपाईलाई अर्को व्यवस्था नभए सम्मका लागि यस पालिका अन्तर्गत वडा नं. ९ मा रहेको परासन स्वास्थ्य चौकीमा कामकाज गर्ने गरि खटाई पठाइएको छ,’ नगरपालिकाले तमाङलाई दिएको पत्रमा उल्लेख छ ।
नगरपालिकाले गरेको नियुक्त बदरको माग गर्दै पुनर्वासका १० जना स्थानीयले प्रमुख प्रशासकीय अधिकृतलाई निवेदन दिएका छन् । ‘पनुर्वास नगरपालिकाभित्रका स्वास्थ्य संस्थाहरुमा ऐन, नियमको बर्खिलाप गर्दै स्वास्थ्य शाखाले करार÷ज्यालादारीमा कर्मचारी गर्दै आएको प्रति हाम्रो ध्यानाकर्षण भएको छ,’ निवेदनमा उल्लेख छ ।
परासन स्वास्थ्य चौकीलगायतका संस्थाहरुमा गरिएका नियुक्तीलाई बदर गरि कानून बमोजिम सूचना तथा विज्ञापन गरि विधिवत रुपमा प्रक्रिया पुगाएर कर्मचारी भर्ना गर्न उनीहरुले माग गरेका छन् । कर्मचारी नियुक्ती बदरको माग गर्दै दिइएको निवेदनमा नारायण जैशी, दिलिप थापा, निराजन बस्नेत, अनिल विष्ट, रमेश मगर, नारायण राना, आशिष राना, प्रेम खाती, बिरेन्द्र सिंह ठकुरी, निर्मला विष्ट र नरेन्द्र क्षेत्रीले हस्ताक्षर गरेका छन् ।
परासन स्वास्थ्य चौकीमा कार्यरत कर्मचारी विदेश गएकाले सेवाग्राहीको चापलाई मध्यनगर गरि ज्यालादारीमा एक जना अहेव नियुक्त गरिएको प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीदत्त भट्टले बताए। ‘त्यहाँ कार्यरत कर्मचारी विदेश जानुभयो, त्यहाँ सेवा दिन समस्या भएपछि एक जना अहेव नियुक्त गरेका हौं,’ उनले भने, ‘नगर प्रमुख ज्यूको सल्लाह बमोजिम मासिक ज्यालादारीमा राखिएको हो ।’

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>