एकल महिलालाई अपहरण र बेपत्ता पारेको आरोप लागेका सांसद बादशाह कुर्मी लुम्बिनी प्रदेशको मन्त्री बनेका छन् । नवनियुक्त मुख्यमन्त्री चेतनारायण आचार्यको मन्त्रिपरिषद्मा बादशाह नेपाली कांग्रेसको कोटाबाट मन्त्री बनेका हुन् । उनको जिम्मेवारी भने तोकिएको छैन ।
बाँकेकी निर्मलादेवी कुर्मीको अपहरण र बेपत्ता पार्ने कार्यमा संलग्न रहेको आरोप कुर्मीमाथि छ । जानकी गाउँपालिका परस्पुरकी निर्मलादेवीलाई बादशाहकै निर्देशनमा अपहरण र बेपत्ता पारिएको यसअघि गृह मन्त्रालयले गरेको अध्ययन प्रतिवेदनमा पनि उल्लेख छ। तर, उनीविरुद्ध अभियोगपत्र भने दायर भएको छैन ।
एकल महिलाको सम्पत्तिका लागि नेपाली कांग्रेसका सांसद कुर्मीको निर्देशनमा २०७५ सालमा उक्त घटना भएको आरोप रहेको छ। बेपत्ता निर्मलादेवीको अवस्था अहिलेसम्म अज्ञात छ।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया