Samriddhipost
२०८१ कार्तिक ०२ गते शुक्रबार
महेन्द्रनगर
२०८१ साउन १० गते बिहिबार

निर्मला पन्तका हत्यारा पत्ता लगाउन माग गर्दै गृहमन्त्री लाई बुझाईयाे ज्ञापनपत्र

नेकपा एमालेको अखिल नेपाल महिला संघ कञ्चनपुरले बलात्कारपछि हत्या गरिएकी भीमदत्त नगरपालिका २ की निर्मला पन्तका हत्यारालाई पत्ता लगाएर कानुनी दायरामा ल्याउन माग गर्दै गृह मन्त्री रमेश लेखकलाई ज्ञापन पत्र पठाएको छ ।
स्थानीय प्रशासन मार्फत बिहीबार गृह मन्त्री लेखकलाई ज्ञापन पठाएको हो । अखिल नेपाल महिला संघका जिल्ला अध्यक्ष चिनी गिरीको नेतृत्वमा संघको टोलीले प्रशासन कार्यालयमा निमित्त प्रमुख जिल्ला अधिकारी उद्धब सिह कार्कीलाई ज्ञापन बुझाएको हो ।
संघले निर्मला पन्तको हत्या प्रकरण गृह मन्त्री लेखकको निर्वाचन क्षेत्रको भएकाले गम्भीर रुपमा छानबिन गरी हत्यारा पत्ता लाग्ने विश्वास लिइएको उल्लेख गरिएको छ ।
ज्ञापन पत्रमा गृहमन्त्री लेखकलाई विगतमा उनले सरकारले हत्यारा लुकाएको र आफूले जिम्मेवारी पाएको खण्डमा २४ घण्टाभित्र पत्ता लगाएर कारवाही गर्ने भनेर दिएको अभिव्यक्तिलाई पनि स्मरण गराइएको छ ।
‘माननीय गृहमन्त्रीज्यूकै क्षेत्र र जिल्लाको घटना भएकोले हामी अखिल नेपाल महिला संघ लगायत कञ्चनपुर जिल्लाबासी निर्मला पन्तको हत्यारा पत्ता लागि कारवाही हुनेछ भन्ने कुरामा विश्वस्त छौं । विगतमा यहाँले “निर्मला पन्तको हत्यारा सरकारले नै लुकाएको र आफुले जिम्मेवारी बहन गरेको २४ घण्टा भित्र निर्मला पन्तको हत्यारा पत्ता लगाउने छु” भनि विभिन्न सञ्चार माध्यम तथा कार्यक्रमहरुमा व्यक्त गर्नु भएका अभिव्यक्तिबाट पनि घटनामा संलग्नलाई पत्ता लगाई कारवाही गर्न कुनै हालतमा पनि ढिलाई हुनेछैन भन्ने कुरामा हामी पुर्ण विश्वस्त छौं’ ज्ञापन पत्रमा भनिएको छ ।
संघले गृह मन्त्री लेखकलाई हत्यारा पत्ता लगाएर कानुनी दायरामा ल्याउने कुरालाई नजर अन्दाज नगर्न सचेत गराइएको छ । संघले कानुनी दायरामा ल्याउन आकानाकानी गरिए आन्दोलनमा जाने चेतावनी दिइएको छ ।
‘आफ्नै निर्वाचन क्षेत्र र आफ्नै जिल्लाको यति गम्भीर खालको विषयलाई नजर अन्दाज गरि घटनामा संलग्नलाई पत्ता लगाइ न्यायालयको कठघरामा उभ्याउने कुरामा आनाकानी गरिएको खण्डमा हाम्रो संगठन अखिल नेपाल महिला संघ सशक्त आन्दोलन गर्ने कुराको जानकारी गराउँदै माननीय गृहमन्त्रीज्यू समक्ष यो ज्ञापन पत्र पेश गर्दछौं’ ज्ञापन पत्रमा भनिएको छ ।
भीमदत्त नगरपालिका २ उल्टाखामकी १३ वर्षिया पन्तको २०७५ साउन १० गते बलात्कारपछि हत्या गरिएको थियो । भीनपा १८ स्थित उखुबारीमा पन्तको शव भेटिएपछि उनका हत्यारालाई कारवाहीको माग गर्दै २२ दिनसम्म महेन्द्रनगरमा आन्दोलन चर्किएको थियो ।
पन्तको हत्या भएको ६ वर्षसम्म पनि हत्यारा पत्ता लगाउन भने सकिएको छैन । महेन्द्रनगरमा भएको आन्दोलनमा गोली लागेर एक जनाको मृत्यु भएको थियो ।
संघले सरकारले घट्ना छानबिनका लागि पटक पटक समिति गठन गरे पनि परिणाम दिन नसकेकोमा असन्तुष्टि व्यक्त गरेको छ ।
‘घटना भएको आज ६ वर्ष पूरा भएको छ, तर सरकारबाट अनुसन्धानका नाममा पटक पटक छानविन समिति गठन गरिने कार्य भएता पनि परिणाम दिन नसक्ने र घटनालाई रुमल्याउने काम भएको छ’ ज्ञापन पत्रमा भनिएको छ, ‘पन्त हत्या प्रकरणको रहस्यको वास्तविकता अझै खुलेको छैन । ६ वर्ष सम्म हत्यारा पत्ता नलागेपछि निर्मलाका परिवारका सदस्यले न्याय पाउने आस गुमाइ सकेका छन्। ‘हत्यामा संग्लन दोषीलाई कानुनी दायरामा ल्याउन प्रहरीले सकिराखेको अवस्था छैन ।’
संघले पन्त प्रकरण अनुसन्धान प्रहरीको प्राथमिकता पर्न छाडेको भन्दै गृह मन्त्रीलाई छानबिन प्रतिवेदनमाथि राजनीति भएको गुनासो ज्ञापन पत्रमा गरिएको छ ।
‘निर्मला घटनाको अनुसन्धान अहिले प्रहरीको प्राथमिकतामा परेको देखिदैन, विगतमा ‘केन्द्रीय अनुसन्धान ब्युरो, प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयको टोलीले अनुसन्धान गरेर प्रतिवेदन बुझाउने तर त्यसैमाथी राजनिति गर्ने खालका क्रियाकलाप र दबाबका कारण प्रहरीले दोषी समात्न नसकेको कुरा माननीय गृहमन्त्री ज्युलाई पनि अवगत नै भएको विषय हो ।’
प्रहरीले निर्मला हत्या प्रकरणमा हालसम्म एक हजार भन्दा बढीसँग सोधपुछ र झण्डै एक सय जनाको डिएनए परीक्षण गरि सकेको छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>